असुरक्षित आकाश : १ वर्षमा ९ दुर्घटना, ६६ जनाको मृत्यु « Khabarhub

असुरक्षित आकाश : १ वर्षमा ९ दुर्घटना, ६६ जनाको मृत्यु



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भयाे । दुर्घटनमा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाए ।  यो  दुर्घटनासहित पछिल्लो एक वर्षमा नेपाली आकाशमा ९ वटा ठूला हवाई दुर्घटना भएका छन् । ती दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन् ।

हवाई दुर्घटनको विवरण

कहिले                             कहाँ                                       विमान                                   मृत्यु
२०७५।११।१५        ताप्लेजुङमा                       एयर डाइनेष्टी हेलिकोप्टर                     ७ जना
२०७५।०५।२६       नुवाकोट                           अल्टिच्युड एयरको हेलिकप्टर              ६ जना
२०७५।०५।१६       त्रिभुवन विमानस्थल            यति एयरको विमान दुर्घटना
२०७५।०३।१६       ग्राण्डी अस्पताल                सिम्रिक एयरको विमान
२०७५।०३।०३       पोखरा विमानस्थल             यति एयरलाइन्सका विमान
२०७५।०२।२६      जुम्ला एयरपोर्टमा               तारा एयरलाइन्सको विमान
२०७५।०२।०२      हुम्लाको सिमिकोट              मकालु एयरको विमान                        २ जना
२०७५।०१।०६      त्रिभुवन विमानस्थल             मालिन्दो एयरको विमान
२०७४।११।२८      त्रिभुवन विमानस्थल             युएस बंगलाको विमान                        ५१ जना

किन बढ्यो हवाई दुर्घटना ?

बुधबार भएको एयर डाइनेष्टीको विमान दुर्घटनामा पर्नुअघि बनेका छानविन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको गलत निर्णय हो भन्ने निश्कर्ष निकालेका छन् ।

तर, तिनै प्रतिवेदनमा जहाज सञ्चालक कम्पनीलाई जहाजको मर्मतसम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको देखिन्छ । तर, हवाइविज्ञ वाइके भट्टराई भने प्रतिवेदनको रिपोर्ट माथि नै प्रश्न गर्छन् ।

उनि भन्छन् – अहिलेसम्म सार्वजनिक भएको प्रतिवेदनमाथि शंका हुन्छ । किनकी व्यक्तिको ज्यान गएपछि उसलाई दोष दिएर पञ्छने चलन बढेको छ । यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देश राजकुमार क्षेत्री पनि विमान दुर्घटना बढेको भने स्वीकार्छन् । उनका अनुसार, कतिपय दुर्घटना नहुनुपर्ने परिस्थितिमा पनि दुर्घटना भइरहेका छन् ।

अनुसन्धान औपचारिकता मात्रै

नेपालमा हवाई दुर्घटनापछि हुने फितलो छानविन र त्यसको कार्यान्वयनमा सरोकारवाला उदासीन बन्दा दुर्घटना दोहोरिने गरेका छन् । विज्ञहरु भन्छन्– कतिपय रिपोर्ट बाहिर सार्वजनिक गर्नु त कता हो कता ? स्वयं सरोकारवालासम्म पनि पुग्दैनन् । कम्पनीका कमजोरी सार्वजनिक हुन पाउँदैनन् । त्यसकारण एउटै प्रकृतिको दुर्घटना पटक–पटक दोहोरिन्छन् ।

अहिलेसम्म भएका हवाई दुर्घटना के कारणले हुन्छ ? यसको यकिन प्रतिवेदन तयार हुन भने सकेको छैन । नागरिक उड्ययन प्राधिकरणले सूचीवद्ध गरेका घटनाका रेकर्डहरूमा ९५ प्रतिशत घटना प्राविधिक कारणले भएको देखिन्छ ।

तर दुर्घटना प्रतिवेदनहरूले नेपालमा ९५ प्रतिशत दुर्घटना चालकका कारण भएको निष्कर्ष निकालेका छन् । जसोतसो जोगिएर घटनामात्र हुँदा प्राविधिक कारण देखिने र तिनै जहाज दुर्घटनामा पर्दा मानवीय कारण देखिनुले अहिलेसम्म बनेका छानविन आयोगको प्रतिवेदनमाथि नै प्रश्न उब्जाउने थुप्रै ठाउँ देखिन्छन् ।

६८ वर्षमा ७४ वटा दुर्घटना

नेपाली हवाई इतिहासमा दुर्घटनाको इतिहास लामो छ । हरेक वर्ष जसो नेपाली आकाशमा कुनै न कुनै विमान दुर्घटना भएकै छन् । नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले त नेपाल विश्वकै असुरक्षित आकास भएको भनेर प्रतिवेदन नै सार्वजनिक गरेको छ ।

यो सूचीमा नेपाल लामो समयदेखि पर्दै आएपछि युरोपेली एयरलाइन्सले त नेपालमा विमान उडाउन छाडेका छन् । नागरिक उड्ययन प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा हवाइ उडान इतिहासको ६८ वर्षमा ७४ वटा ठूला दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ८ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना मानिन्छ । त्यसपछि श्रृङ्खलाबद्ध रुपमा दुर्घटना दोहोरिरहेका छन् ।

एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना भिडियो

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : २१ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको