१३ वर्षमा ताप्लेजुङका २ ठूला हेलिकोप्टर दुर्घटना, दुई मन्त्रीसहित ३१ ले ज्यान गुमाए « Khabarhub

१३ वर्षमा ताप्लेजुङका २ ठूला हेलिकोप्टर दुर्घटना, दुई मन्त्रीसहित ३१ ले ज्यान गुमाए


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार ताप्लेजुङमा एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । मौसम खरावीका कारण हेलिकोप्टर दुर्घटना भएको गृहमन्त्रालयले जनाइरहँदा झण्डै १३ वर्ष अघि पनि ताप्लेजुङमा यस्तै ठूलो दुर्घटना भएको थियो ।

यो सहित १३ वर्षको अन्तरमा ताप्लेजुङमा दुई ठूला हेलिकोप्टर दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका छन् । २०६३ भदौ ७ गते ताप्लेजुङको घुन्सामा भएको श्रीएयरलाइन्सको हेलिकप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए ।

उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मीनासहित २४ जनाले ज्यान गुमाएका थिए । उक्त दुघर्टनाको १३ वर्षपछि बुधबार पुनः ताप्लेजुङ मै यस्तै अकल्पनीय अर्को दुर्घटना भएको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा बुधबार दिउँसो साढे १ बजे एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैयाको निधन भयो । हेलिकोप्टर दुर्घटना भएको स्थल घुन्सादेखि, फुरुङ्गे सिस्नेखोला र तारेढुंगा अनुमानित २० किलोमिटरको दूरीमा पर्छ ।

१३ वर्ष अघि श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा तत्काली वन राज्य मन्त्रीसहित, पूर्वमन्त्री (श्रम तथा यातायात) समेत रहेका योजनाविद् हर्क गुरुङ, डब्लूडब्लूएफ नेपालका नेपाल प्रतिनिधि चन्द्रप्रसाद गुरुङ, वन सचिव दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक नारायणप्रसाद पौडेल, पूर्व महानिर्देशक तीर्थमान मास्के, वन विभागका महानिर्देशक शरद राई, संरक्षणणविद्हरु मिङ्मा नोर्बु शेर्पा, यशिछोडेन लामा, दावाछिरिङ शेर्पाको मृत्यु भएको थियो ।

त्यसैगरी,  नेपालका लागि फिनल्याण्डका राजदूत पाउली मुस्टोनेन, यूएसएआईडीका उपमहानिर्देशक मार्गरेट एलेक्जेन्डर, बिनाज आचार्य, डब्लूडब्लूएफ युकेका जील बोविङ र जेनिफर हेड्ली, म्याथ्यो प्रिस र नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको निधन भएको थियो । उक्त समयमा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गरेर फर्किने क्रममा दुर्घटना भएको थियो ।

एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना भिडियो

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : २० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२