रवीन्द्र अधिकारीले लेखेको त्यो चर्चित गीत– जोमसोमै बजारमा, १२ बजे हावा सरर… « Khabarhub

रवीन्द्र अधिकारीले लेखेको त्यो चर्चित गीत– जोमसोमै बजारमा, १२ बजे हावा सरर…


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार एयर डाइनास्टिकको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । हेलिकोप्टरमा सवार सबैजनाको दुर्घटनामा निधन भएको छ ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको थियो ।

२०२६ साल वैशाख २२ गते कास्कीमा जन्मिएका अधिकारी विद्यार्थी कालदेखि नै क्रान्तिकारी स्वभावका थिए ।

२०४९ सालमा पृथ्वी नारायण क्याम्पस पोखराका स्ववियु सभापति बनेका अधिकारी २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए ।

राजनीतिका साथसाथै अधिकारी साहित्यमा पनि रुची राख्थे । उनले स्कूले जीवनमै आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरेका थिए ।

त्यो चर्चित गीत

अधिकारी सहितको टोली २०४७ सालमा सांस्कृतिक कार्यक्रमका लागि मुस्ताङ पुगेको बेलामा गुनगुनाएको एउटा रचना गीतको रुपमा चर्चित बन्यो ।

सांस्कृतिक कार्यक्रमका लागि मुस्ताङ पुगेका अधिकारीसहितको टोली जोमसोममा बसेको थियो । मध्याह्न १२ बजे जोमसोममा ठूलो हावा चल्यो । हावा चलेपछि रवीन्द्रले कविता फुराए ।

जोमसोमे बजारमा
बाह्र बजे हावा सररर
ए हजुर घर हाम्रो पोखरा…

उनको त्यो कवितालाई अरु साथीहरुले पनि मन पराए र केही शव्द थपे । सोही गीतमा केही शव्द थप गरेर लयात्मक रुपमा नेपथ्यले गाएसँगै गीत एकाएक चर्चामा पुग्यो । २०५० साल तिर उक्त गीत चर्चाको शिखरमै पुगेको थियो ।

उक्त गीतका शव्द शुरुमा माया प्रेमभन्दा पनि क्रान्तिकारी शव्दहरु थिए ।

रवीन्द्र अधिकारीले अन्य धेरै गीतहरुको रचना गरेका थिए तर ती रचनाहरु गीतका रुपमा रेकर्ड गरिएनन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ०८ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर