पाकिस्तानमा सन्दीपको उत्कृष्ट बलिङ, लिए ४ विकेट « Khabarhub

पाकिस्तानमा सन्दीपको उत्कृष्ट बलिङ, लिए ४ विकेट


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले चार विकेट लिएका छन् । पाकिस्तान सुपर लिग (पिपिएल) खेलिरहेका सन्दीपले बुधबार उत्कृष्ट बलिङ गरेका हुन् ।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आजको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् । टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए । उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् । सन्दीपको बलमा आज विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए ।

दुबईमा जारी (पिपिएल)अन्तर्गत आजको खेलमा सन्दीपले पहिलो विकेटका रुपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा सात रनमा एलबिडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई पवेलिन फर्काए । त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई एक रनमा आउट गरेका थिए । सन्दीपले चौथो विकेट डानिस एजाजको लिएका थिए । अहिले सन्दीपको लाहोर कलन्दर्स क्लबले क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध ब्याटिङ गरिरहेको छ ।

यसअघि यही फागुन १० गते भएको पहिलो खेलमा सन्दीपले मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ४४ बजे

हुम्लामा बाबुछोराले सँगै दिए एसइई

हुम्ला – हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले

सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक

अपाङ्गता भएकी महिलालाई घरमै नागरिकता

दमौली – आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

काठमाडौँ – महिला चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन

सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु

एजेन्सी – सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा)