घटना सत्य सावित नहोस् भन्दै कास्केलीले कामना गरिरहे… « Khabarhub

घटना सत्य सावित नहोस् भन्दै कास्केलीले कामना गरिरहे…


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– हेलिकोप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उनको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ ।

बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कस्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो । दुर्घटना र अधिकारीको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना सत्य सावित नहोस् भन्दै कामना गरिरहेका थिए । कस्केलीको कामनाको अन्ततः केही लागेन, मन्त्री अधिकारीको निधन भएको पुष्टि भयो ।

कास्कीको भरतपोखरीे गैरागाउँमा जन्मेका अधिकारीप्रति यहाँका स्थानीयको धेरै आशा एवं विश्वास थियो । विकासप्रेमी अधिकारीकै पहलमा कास्कीमा विकास निर्माणका लागि पहल पनि उत्साहजनकरुपमा नै अघि बढेको थियो । मिलनसार र भद्र छविका रुपमा राजनैतिक व्यक्तिव बनाउन सफल भएकै कारण उनले कास्कीबाट लगातार तीनपटक निर्वाचन जितेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ५१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको