पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमायो– नेकपा « Khabarhub

पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमायो– नेकपा


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाएका छन् ।

अध्यक्षद्वयले बुधबार(आज) जारी गरेको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा अधिकारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

आज दिउँसो १ बजेतिर ताप्लेजुङको फुङलिङ–१०, सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको र मुलुकले जनता र विकासप्रति सदैव समर्पितयोग्य जनप्रतिनिधि गुमाउनाका साथै निजी क्षेत्रबाट देशको विकासप्रेमी पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधन भएको खबरले पार्टी स्तब्ध भएको अध्यक्षद्वयको वक्तव्यमा उल्लेख छ ।

दुर्घटनामा परी निधन भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।

पार्टीको वक्तव्यमा दिवङ्गतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तहरुप्रति गहिरो समवेदाना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ५७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५