दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु | Khabarhub Khabarhub

दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुल्सीपुर– दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दाङको दूधरासबाट सिल्लीकोट जाँदै गरेको लु १ च ५९१२ नम्बरको जीप तुल्सीपुर उपमहानगरपालिका–१९ बाहिरी संग्राममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुल्सीपुर–१९ बासगढीका ३५ वर्षीय लालबहादुर राउत र छिल्लीकोटका ५५ वर्षीय अमर बहादुर वली छन् ।

घाइते हुनेमा लिला बहादुर खड्का, कर्म बहादुर खड्का, सपना ओली र एक ४ वर्षीय तथा अर्का १ वर्षीय बालक छन् । घाइतेमध्ये लिला बहादुर खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : २२ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको