मध्यपूर्व पुगेका श्रमिकमाथि शोषण– प्रतिवेदन | Khabarhub Khabarhub

मध्यपूर्व पुगेका श्रमिकमाथि शोषण– प्रतिवेदन


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा अनुमानित ८० करोड मानिस आप्रवासनमा रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को अध्ययन प्रतिवेदनले जनाएको छ ।

पछिल्लो समय शिक्षा, रोजगारी र व्यवसाय गर्नका लागि धेरै मानिस आप्रवासनमा सामेल हुन थालेको आइओएमले गरेको माइग्रेशन नामक अध्ययनमा उल्लेख गरिएको छ ।

आप्रवासनमा रहेका व्यक्तिको कमाइबाट वार्षिक ६ खर्ब १३ अर्ब अमेरिकी डलर विप्रेषण जम्मा हुने गरेको छ । जसमा ४ खर्ब ६६ अर्ब डलर विप्रेषण विकासशील राष्ट्रमा पठाइने गरिएको तथ्यांक आइओएमको अध्ययनमा उल्लेख छ ।

नेपालमा पनि वार्षिक ७ खर्ब रुपैयाँ विप्रेशण भित्रने गरेका छ । विभिन्न देशमा रोजगारीका लागि वार्षिक करिब ६ लाख नेपाली विदेशिने गरेका छन् ।

आप्रवासनले आर्थिक, शैक्षिक, रोजगारी र सामाजिक क्षेत्रमा ठूलो प्रभाव देखा पर्दै गएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) नेपालका प्रमुख पावल आइनोर्टनले बताए ।

आप्रवासनका कारण विकासशील देशमा सामाजिक द्वन्द्व उत्पन्न हुने खतरा बढ्दै गएको आइओएमका नेपाल प्रमुख नोर्टनकले बताए ।

‘आप्रवासनका कारण धर्म, संस्कृति र अन्य क्षेत्रमा एक किसिमको मानिसबीच जमकाभेट भइरहेको छ । आप्रवासन विश्वमा समस्याका रुपमा देखा परिरहेको छ । यो समस्या विश्वका सबै देशको साझा समस्या भएकाले सबै मिलेर समाधानगर्नुपर्छ’ उनले भने, ‘आप्रवासन क्षेत्रको समस्या समयमा समाधान गर्न ध्यान नदिए अझै जटिल बन्दै जान्छ । अविकाशित देशमा मानिस आप्रवासनका कारण जोखिम रहेका छन् ।’

नेपाल पनि दशकदेखि आप्रवासनबाट अछुतो रहन नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए ।

‘नेपाल सरकारले आप्रवासन रोक्न केही आन्तरिक रोजगारीका रणनीति र योजना बनाइरहेको छ । नेपालमा रोजगारीका अवसर सिर्जना नहुँदा आप्रवासन प्रति चासो बढेको हो’ उनले भने, ‘श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले आगामी ५ वषभित्र बाध्यताकारी रोक्नका लागि नयाँ योजना ल्याइरहेको छ । आप्रवासन रोक्न प्रयासका साथ काम सरकारले गरिरहेको छ ।’

आप्रवासनकै कारण नेपालको श्रम बजारमा ठूलो असर परिरहेको उनको बुझाइ छ ।

विकासशील देशहरुले आप्रवासनबाट भित्रिने आर्थिक फाइदाको पाटो मात्र हेर्ने गरेको आइओएमको अध्ययनमा भनिएको छ ।

पूर्वी एसियाका देशबाट रोजगारीको खोजीमा विदेशिने श्रमिकले धेरै दुखकष्ट भोगिरहेको आएओएमको अध्ययनमा औंल्याइएको छ ।
वैदेशिक रोजगारीसम्बन्धी नीति तथा ऐनमा व्यवस्था भएअनुसार दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको अध्ययनमा जनाइएको छ ।

आप्रवासनका नाममा ठूलो आर्थिक ठगी भइरहेको छ । यस्ता गम्भीर विषयमा सरकारले चासो दिएर काम नगर्दा पीडित न्यायको पहुँच भन्दा बाहिर रहेको अध्ययनमा भनिएको छ ।

मध्यपूर्वमा पुगेका युवा श्रम शोषणमा

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, म्यानमारा र थाइल्याडबाट रोजगारीका खोजीमा वार्षिक ठूलो संख्यामा विदेशीने गरेको आइओएमको अध्ययनले देखाएको छ ।

यी देशबाट वार्षिक २ करोडभन्दा धेरै रोजगारीका खोजीमा दोस्रो देश पुग्ने गरेका छन् । यी देशबाट प्राय मध्यपूर्वका देश नै रोजगारीका लागि जाने गरेको आइओएमले जनाएको छ ।

मध्यपूर्वका देश पुगेका धेरै युवाश्रम शोषणमा परिरहेको अध्ययनमा उल्लेख छ । साउथ एसियाबाट रोजगारीका लागि मध्यपूर्वका देश पुगेका कामदारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिश्रमिक पाउनबाट बञ्चित रहेको बताइएको छ । नेपालबाट वार्षिक रोजगारीका लागि ३ लाखभन्दा धेरै श्रमिक मध्यपूर्वका देश पुग्ने गरेका छन् ।

पछिल्लो समय रोजगारीका खोजीमा युरोप र अमेरिका पुगेकाश्रमिक शरणार्थी बन्ने क्रम बढ्दै गएका छन् । जसका कारण त्यसरी शरणार्थी बनेका विदेशी नागरिकलाई व्यवस्थापन गर्ने समस्या भइरहेको छ । आप्रवासन र रोजगारीका नाममा धेरै महिला मानव तस्कर तथा शारीरिक शोषणमा पर्ने गरेको पनि आइओएममा उल्लेख छ ।

नेपालबाट भिजिट भिसाका नाममा मानव तस्कारी भइरहेको आइओएमले जनाएको छ । नेपाल सरकारले श्रम स्वीकृति जारीका गरेको आधारमा मात्र विदेशिने कामदारको तथ्यांक संकल नगर्दा रोजगारीबाट फर्किने श्रमिकको विवरण संकलन नभएको अध्ययनमा उल्लेख छ । नेपालदेखि संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ वटा देशमा नेपाली युवा जाँदै आएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ०८ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी