मध्यपूर्व पुगेका श्रमिकमाथि शोषण– प्रतिवेदन « Khabarhub

मध्यपूर्व पुगेका श्रमिकमाथि शोषण– प्रतिवेदन


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा अनुमानित ८० करोड मानिस आप्रवासनमा रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को अध्ययन प्रतिवेदनले जनाएको छ ।

पछिल्लो समय शिक्षा, रोजगारी र व्यवसाय गर्नका लागि धेरै मानिस आप्रवासनमा सामेल हुन थालेको आइओएमले गरेको माइग्रेशन नामक अध्ययनमा उल्लेख गरिएको छ ।

आप्रवासनमा रहेका व्यक्तिको कमाइबाट वार्षिक ६ खर्ब १३ अर्ब अमेरिकी डलर विप्रेषण जम्मा हुने गरेको छ । जसमा ४ खर्ब ६६ अर्ब डलर विप्रेषण विकासशील राष्ट्रमा पठाइने गरिएको तथ्यांक आइओएमको अध्ययनमा उल्लेख छ ।

नेपालमा पनि वार्षिक ७ खर्ब रुपैयाँ विप्रेशण भित्रने गरेका छ । विभिन्न देशमा रोजगारीका लागि वार्षिक करिब ६ लाख नेपाली विदेशिने गरेका छन् ।

आप्रवासनले आर्थिक, शैक्षिक, रोजगारी र सामाजिक क्षेत्रमा ठूलो प्रभाव देखा पर्दै गएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) नेपालका प्रमुख पावल आइनोर्टनले बताए ।

आप्रवासनका कारण विकासशील देशमा सामाजिक द्वन्द्व उत्पन्न हुने खतरा बढ्दै गएको आइओएमका नेपाल प्रमुख नोर्टनकले बताए ।

‘आप्रवासनका कारण धर्म, संस्कृति र अन्य क्षेत्रमा एक किसिमको मानिसबीच जमकाभेट भइरहेको छ । आप्रवासन विश्वमा समस्याका रुपमा देखा परिरहेको छ । यो समस्या विश्वका सबै देशको साझा समस्या भएकाले सबै मिलेर समाधानगर्नुपर्छ’ उनले भने, ‘आप्रवासन क्षेत्रको समस्या समयमा समाधान गर्न ध्यान नदिए अझै जटिल बन्दै जान्छ । अविकाशित देशमा मानिस आप्रवासनका कारण जोखिम रहेका छन् ।’

नेपाल पनि दशकदेखि आप्रवासनबाट अछुतो रहन नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए ।

‘नेपाल सरकारले आप्रवासन रोक्न केही आन्तरिक रोजगारीका रणनीति र योजना बनाइरहेको छ । नेपालमा रोजगारीका अवसर सिर्जना नहुँदा आप्रवासन प्रति चासो बढेको हो’ उनले भने, ‘श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले आगामी ५ वषभित्र बाध्यताकारी रोक्नका लागि नयाँ योजना ल्याइरहेको छ । आप्रवासन रोक्न प्रयासका साथ काम सरकारले गरिरहेको छ ।’

आप्रवासनकै कारण नेपालको श्रम बजारमा ठूलो असर परिरहेको उनको बुझाइ छ ।

विकासशील देशहरुले आप्रवासनबाट भित्रिने आर्थिक फाइदाको पाटो मात्र हेर्ने गरेको आइओएमको अध्ययनमा भनिएको छ ।

पूर्वी एसियाका देशबाट रोजगारीको खोजीमा विदेशिने श्रमिकले धेरै दुखकष्ट भोगिरहेको आएओएमको अध्ययनमा औंल्याइएको छ ।
वैदेशिक रोजगारीसम्बन्धी नीति तथा ऐनमा व्यवस्था भएअनुसार दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको अध्ययनमा जनाइएको छ ।

आप्रवासनका नाममा ठूलो आर्थिक ठगी भइरहेको छ । यस्ता गम्भीर विषयमा सरकारले चासो दिएर काम नगर्दा पीडित न्यायको पहुँच भन्दा बाहिर रहेको अध्ययनमा भनिएको छ ।

मध्यपूर्वमा पुगेका युवा श्रम शोषणमा

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, म्यानमारा र थाइल्याडबाट रोजगारीका खोजीमा वार्षिक ठूलो संख्यामा विदेशीने गरेको आइओएमको अध्ययनले देखाएको छ ।

यी देशबाट वार्षिक २ करोडभन्दा धेरै रोजगारीका खोजीमा दोस्रो देश पुग्ने गरेका छन् । यी देशबाट प्राय मध्यपूर्वका देश नै रोजगारीका लागि जाने गरेको आइओएमले जनाएको छ ।

मध्यपूर्वका देश पुगेका धेरै युवाश्रम शोषणमा परिरहेको अध्ययनमा उल्लेख छ । साउथ एसियाबाट रोजगारीका लागि मध्यपूर्वका देश पुगेका कामदारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिश्रमिक पाउनबाट बञ्चित रहेको बताइएको छ । नेपालबाट वार्षिक रोजगारीका लागि ३ लाखभन्दा धेरै श्रमिक मध्यपूर्वका देश पुग्ने गरेका छन् ।

पछिल्लो समय रोजगारीका खोजीमा युरोप र अमेरिका पुगेकाश्रमिक शरणार्थी बन्ने क्रम बढ्दै गएका छन् । जसका कारण त्यसरी शरणार्थी बनेका विदेशी नागरिकलाई व्यवस्थापन गर्ने समस्या भइरहेको छ । आप्रवासन र रोजगारीका नाममा धेरै महिला मानव तस्कर तथा शारीरिक शोषणमा पर्ने गरेको पनि आइओएममा उल्लेख छ ।

नेपालबाट भिजिट भिसाका नाममा मानव तस्कारी भइरहेको आइओएमले जनाएको छ । नेपाल सरकारले श्रम स्वीकृति जारीका गरेको आधारमा मात्र विदेशिने कामदारको तथ्यांक संकल नगर्दा रोजगारीबाट फर्किने श्रमिकको विवरण संकलन नभएको अध्ययनमा उल्लेख छ । नेपालदेखि संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ वटा देशमा नेपाली युवा जाँदै आएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ०८ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली