इंग्लिस प्रिमियर लिग फुटबलः ब्राइटनसँग हार्‍यो एभर्टन « Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबलः ब्राइटनसँग हार्‍यो एभर्टन


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३-२ को जित निकालेको हो ।

त्यसअघि खेलको १५ औं मिनेटमा पास्कल ग्रोसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा आडम वेब्सटरले आत्मघाती गोल गरेपछि एभर्टन खेलमा फर्किएको थियो ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए । तर, ८० औं मिनेटमा नेअल मौपभले गोल गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

जितसँगै ब्राइटनले १० खेलबाट १२ अंक जोडेको छ । ब्राइटन लिगको १२ औं स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै वेष्ट ह्यामले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको छ । अर्को खेलमा वाट्फोर्डले एफसी बर्नेमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : ३६ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस