डढेलोका कारण क्यालिफोर्नियामा दशौँ लाख मानिस बिजुलीविहीन हुनसक्ने « Khabarhub

डढेलोका कारण क्यालिफोर्नियामा दशौँ लाख मानिस बिजुलीविहीन हुनसक्ने


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यालिफोर्नियाका जङ्गलमा सल्किएका आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिसहरू बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी अग्नि नियन्त्रकहरूले दिएका छन् ।

“ठूलो हावाहुरी” आउने पूर्वानुमानबीच प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकले क्यालिफोर्निया राज्यका ३६ वटा काउन्टीहरूमा विद्युत आपूर्ति बन्द गर्ने स्थिति आउन सक्ने बताएको छ।

त्यो हावाहुरीले विद्युतीय पूर्वाधारमा क्षति पुर्‍याउँन सक्ने र नयाँ स्थानमा आगलागी गराउन सक्ने चिन्ता व्यक्त गरिएको बीबीसी ।

तीव्र गतिको हावा-हुन्डरी चल्दै गर्दा विभिन्न वनमा आगो सल्किएपछि क्यालिफोर्नियाका करिब ५०,००० मानिसहरू घर छोडी सुरक्षित स्थानमा जान बाध्य भइसकेका छन्। लस एन्जलस र सोनोमा काउन्टीमा आपत्‌काल घोषणा गरिसकिएको छ।

क्यालिफोर्नियाको अग्नि नियन्त्रण गर्ने निकायले त्यो राज्यमा अहिले “आगलागी हुने मौसमी अवस्था” उत्पन्न भएको बताएको छ।

त्यो कम्पनीले सम्भाव्य खराब मौसमका कारण आफ्ना ८ लाख ५० हजार उपभोक्ता अन्तर्गतका करिब २० लाख सेवाग्राही शनिवारदेखि सोमबारसम्म बिजुली आपूर्ति बन्द हुने अवस्थाका लागि तयार रहन आग्रह गरेलगत्तै उसको आलोचना भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना