यस्ता विशेषतासहित सबैभन्दा सस्तो कार बनाउँदै बजाज « Khabarhub

यस्ता विशेषतासहित सबैभन्दा सस्तो कार बनाउँदै बजाज


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय कम्पनी बजाजले सवैभन्दा सस्तो इलेक्ट्रेिक कार निर्माणको तयारी थालेको छ । आगामी वर्षसम्ममा सार्वाजनिक गर्ने लक्ष्यसहित परीक्षण शरु गरेको कम्पनीले जनाएको छ ।

बजाजले छुट्टै ब्राण्ड स्थापना गरी अर्बानाइट ब्रान्डमा निर्माण गरिरहेको इलेक्ट्रिक क्युट ‘क्युट कार इभी’को रुपमा बजारमा आउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कम्पनीले केही दिनअघि सार्वजनिक गरेको बजाज चेतक इलेक्ट्रिक स्कुटरपछि सोही पावरट्रेन र प्रविधिको प्रयोग गरि क्युट इलेक्ट्रिक ल्याउन लागेको हो ।

क्युट कारलाई व्यावसायिक तथा निजी प्रयोगका लागि प्रयोग गर्न सहज हुने गरी डिजाइन गरिएको छ । रेगुलर मोडल बिक्री भइरहेको अवस्थामा कम्पनीले इलेक्ट्रिक भर्सन ल्याउन लागेको हो ।

यसको रेगुलर मोडलको लम्बाई २७५२ एमएम, चौडाई १३१२ र उचाई १६५२ एमएम रहेको छ । यसको ह्वीलबेस भने १९२५ एमएम रहेको छ । इलेक्ट्रिक मोडलपनि त्यस्तै साइजमा उपलब्ध हुने अनुमान गरिएको छ । तर, यसमा फरक सेप र अझै आकर्षक डिजाइनको अलोय ह्वील लगाइएको छ ।

हाल यो मोडल पेट्रोल, डिजेल र सिएनजी भेरियन्टमा बिक्री भइरेको छ । यसको मूल्य २ लाख ५० हजारदेखि २ लाख ८० हजार भारु तोकिएको छ । इलेक्ट्रिक भर्सनको मूल्य रेगुलर मोडलको भन्दा बढि पर्न आउने कम्पनीले जनाएको छ ।

कम्पनीले भारतीय बजारमा भन्दा पहिला यो मोडल रसिया र टर्कीमा सार्वजनिक गर्ने योजना बनाएको छ । यसको पुरानो र नयाँ मोडल बीच धेरै भिन्नता नरहेको बताइए पनि यसमा दिइएको व्याट्री, मोटर र माइलेज जस्ता विषयमा कम्पनीले कुने जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ०७ बजे

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको