पाँच लाखसहित १३ जुवाडे पक्राउ | Khabarhub Khabarhub

पाँच लाखसहित १३ जुवाडे पक्राउ


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुँवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

सापकोटाका अनुसार मानिस नबस्ने खाली घरमा कौडा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवीछहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीकोट गाउँपालिका–७ डबका यमबहादुर कुँवर, सोही स्थानका ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कलम कुँवर, ५४ वर्षीय ताराबहादुर कुँवर, ३२ वर्षीय विष्णुबहादुर थापा, २२ वर्षीय सचिन कुँवर, २० वर्षीय समुद्र कुँवर, ५७ वर्षीय नारायण कुँवर, २२ वर्षीय गौरव कुँवर, ४५ वर्षीय शिव चौहान र ४० वर्षीय सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए ।

उनीहरुको साथमा पाँच लाख ४५ हजार ८५५ नेपाली रुपैयाँ रहेको छ । दुई हजार ५२० भारतीय पैसा रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४९ बजे

एमाले उपमहासचिव गुरुङ सम्मानित

लमजुङ– नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ

समुदाय परिवर्तन भइरहँदा संस्कृति, इतिहास र सम्पदा लोप हुने चिन्ता बढ्दो : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको

संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन

काठमाडौं–  प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ ।

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा

ताप्लेजुङ– विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा