ताजमहलबारे १० रोचक तथ्य ! « Khabarhub

ताजमहलबारे १० रोचक तथ्य !


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको आगरा शहरस्थित एक समाधिस्थल हो ताजमहल । यसको निर्माण मुगल सम्राट शाहजहाँले महारानी मुमताज महलको सम्झनामा निर्माण गर्न लगाएका थिए ।

ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ ।

ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखिएको सिङ्गमर्मरको पातोहरूको ठूलो-ठूलो तहबाट छोप्न बनाएको भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट छोपिएको छ ।

यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो । त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।

संसारको आश्चर्यजनक ताजमहलमा प्रत्येक वर्ष करोडौँ पर्यटकहरु घुम्न जान्छन् । यमुना नदीको किनारमा सिगमरमरले बनेको महल, छायांपर्ने पानीको पोखरि तथा सुन्दर बगैचाले सबैको मन लोभ्याउँछ । सुन्दर ताजमहलबारे १० रोचक तथ्य यस्ता छन्–

१) अहमद लाहोरि नामक आर्किटेक्टको अगुवाईमा ताज महल बनाउन २० हजार मजदुरलाई २० वर्ष लागेको थियो । सन १६३२ मा निर्माण कार्य शुरू भै सन १६५३ मा सिद्धिएको थियो ।

२) भारतमा व्रिटिसले शासन गर्ने बेला मुख्य स्मारकको गेस्ट रुम भाडामा दिइएको थियो त्यहाँ नवविवाहित जोडिले सुहागरात मनाउने गरेका थिए ।

३) ताजमहलभित्र एउटा रोयल गेट छ, जहाँबाट अगाडि बढेर हेर्दा ताजमहल ठूलो हुँदै जान्छ र पाइला पछाडि सार्दा ताजमहल क्रमशः सानो हुँदै जान्छ ।

४) मुगल संम्राट र उनकी महारानी मुमताजले खाना खानुभन्दा अगाडि जाँच गर्ने एउटा साम्रगी थियो । जहाँ खाना राखेर परिक्षण गरेपछि मात्र उनीहरुले खान्थे । उक्त भाँडा आजपनि संग्राहलयमा राखिएको छ ।

५) ताजमहल पुरै सिंहमरमरले बनेको छ र यसमा ठडिएका धरहराहरु थोरै बाहिरपट्टी झुकेका छन्, ताकि भूकम्पले विनासलिला मच्याउदा पनि मुख्य महललाई क्षति नपुगोस् ।

६) सूर्यको र चन्द्रमाको किरण संगसगै ताजमहलको रंग बदलिने गर्दछ । विहानीपख हल्का गुलावी, मध्यान्हमा सेतो, सूर्यास्तमा सुनौला देखिन्छ भने जूनको किरणमा सिल्भर जस्तै । यसलाई पलपलमा परिवर्तन भैरहने महिलाहरूको मुड संग तुलना गर्ने गरिन्छ ।

७) ताजमहलको लागी आवश्यक निर्माण सामाग्री ढुवानी गर्न एक हजार भन्दा धेरै हात्तिहरूको प्रयोग गरिएको थियो ।

८) ताजमहलको उचाई १७१ मिटर वा ५६१ फिट छ ।

९) ताजमहल परिसरमा ६ वटा चिहान राखिएको छ । ति चिहानहरु सम्राट र मुमताजसँगै उनका ४ नोकर र नोकर्नीहरुका समेत हुन् ।

१०) ताजमहलमा पर्यटकहरु घुम्न जाँदा एउटा कफिन देखाइन्छ । जुन नक्कली हो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : ४५ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका