घरमा पालेको कुकुरलाई बाहिर नघुमाए ३ लाख जरिवाना तिर्नुपर्ने ! « Khabarhub

घरमा पालेको कुकुरलाई बाहिर नघुमाए ३ लाख जरिवाना तिर्नुपर्ने !


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसहरुले आफ्नो घरमा कुनै न कुनै जनावर पालेका हुन्छन् । घरमा पालिने जीवजन्तुलाई घरपालुवा जनावर, जीव वा पंक्षी भनिन्छ । यस्तैमा केहि मानिसहरुमा घरमा कुकुर पाल्ने शौख हुन्छ ।

गाउँघरतिर घरमा पालिएको कुकुरलाई स्वतन्त्र छाडिन्छ भने शहरमा खोर बनाएर बाँधेर राख्ने गरिन्छ । कुकुरलाई खानाका साथै नियमित स्याहार तथा स्वास्थ्य परीक्षण समेत गराइन्छ ।

शहरका केही मानिसहरु कुकुरलाई बिहान साँझ डुलाउन समेत लैजान्छन् भने कतिपयले कुकुरलाई सधैं बाँधेर राख्ने गरेका हुन्छन् । जागिरे तथा व्यवसायमा आवद्ध ब्यक्तिलाई कार्य व्यस्तताले कुकुर घुमाउने फुर्सद हुँदैन । कुकुर डुलाउने विषय व्यक्तिको इच्छामा भर पर्छ ।

तर विश्वमा यस्तो ठाउँ पनि छ, जहाँ घरपालुवा कुकुरलाई दैनिक नडुलाए जरिवाना हुने गर्दछ ।

अष्ट्रेलियाको क्यानबेरामा घरमा पालेको कुकरको स्याहार गरेर मात्र पुग्दैन । कुकुर पाल्नेहरुलाई अर्काे अनौठो कानून लाग्ने भएको छ । अष्ट्रेलियाको कानून अनुसार घरमा पालेको कुकुरलाई दैनिक एक पटक डुलाउन लैजानु पर्छ । यदि दैनिक कुकुरलाई एक पटक पनि डुलाउन नलगेमा ४ हजार अस्ट्रेलियन डलर अर्थात ३ लाख १० हजार नेपाली रुपैयाँ जरिवाना हुने भएको छ ।

क्यानबेरा सरकारले भर्खरै लागु गरेको जनावर कल्याण कानूनलाई संसोधन गरी कुकुर पाल्ने मालिकहरुका लागी कठोर नियम लागू गरिएको हो । यदि कसैले कुकुरको उचित स्याहार तथा खानपानको व्यवस्था गरेको छैन उसलाई तत्काल कारबाही तथा जरिवाना हुने कानूनमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : ४७ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी