प्रचण्ड र मबीच कुनै दूरी छैन– प्रधानमन्त्री ओली « Khabarhub

प्रचण्ड र मबीच कुनै दूरी छैन– प्रधानमन्त्री ओली


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु दूरी घट्दै गएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका ओलीले आफू र प्रचण्डबीच कुनै दूरी बढेको अवस्था नरहेको बताए ।

सञ्चारकर्मीहरुले प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र आफ्नो ओरिजिन एउटै भएको भनेर गरेको तुलनाबारे राखेको जिज्ञासमा ओलीले त्यसो हो भने दूरी बढेको नभइ घटेको भन्नुपर्ने बताए ।

‘उहाँले आफूलाई मदन मण्डारीसँग तुलना गरेको त मैले सुनेको छैन । यदि त्यसो हो भने पनि दूरी बढेको हैन, घटेको भन्नुपर्ला,’ ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीबीच कुनै पनि प्रकारको दूरीको अवस्था पनि छैन, र सम्भावना पनि छैन ।’

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : १७ बजे

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा