सङ्घीयताको रक्षा गर्नु सबैको दायित्व: मुख्यमन्त्री राई « Khabarhub

सङ्घीयताको रक्षा गर्नु सबैको दायित्व: मुख्यमन्त्री राई


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् ।

नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उनले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गरे ।

‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढङ्गले विकास हुन्छ’’उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले शोषित पीडित जनताको हितका लागि देश सङ्घीयतामा गएको बताउँदै यसको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताए ।

मुख्यमन्त्री राईले भने‘‘देशमा सङ्घीयता कार्यान्वयन भएसँगै जनताले खुशीको अनुभव गर्न पाएका छन्, तर यो सङ्घीयताका कुनै दल वा समूहको महत्वकांक्षा पूरा गर्नको लागि ल्याइएको हैन, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’’

उनले स्थानीय तहमा आएको बजेटको सही ढङ्गले खर्च गराउन सबैले खबरदारी गर्नुपर्ने बताए । आफ्नो ठाउँमा भएको काममा एक कन्चो पनि बजेट तलमाथि हुन नदिन जनताले कडा निग्रानी गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : ४१ बजे

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा