कब्रिस्तानमा भएको कुटपिटमा संलग्न ३ जना पक्राउ | Khabarhub Khabarhub

कब्रिस्तानमा भएको कुटपिटमा संलग्न ३ जना पक्राउ


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट (कब्रिस्तान) मा तारबार गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो ।

विवादको क्रममा घरेलु हतियार प्रयोग गरी घाइते बनाउने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा पाँच जना घाइते भएका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय अब्बास अन्सारी, ३७ वर्षीय अनुहर अलि र २५ वर्षीय निसाद अहमद रहेका छन् ।

कब्रिस्तानको जग्गा संरक्षण गर्न भन्दै स्थानीयवासीले तारबार गर्न लाग्दा स्थानीय अब्बास अन्सारीले रुख काटेको विषयलाई लिएर झगडा शुरु गरेका थिए । उक्त जग्गा अन्सारीले जालसाझी गरेर आफ्नो बनाएको गाउँलेको आरोप छ भने अन्सारीले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् ।

दुई पक्षबीच झगडा शुरु भएपछि अन्सारी पक्षले घरेलु हतियार प्रयोग गरेको स्थानीयवासीले बताएका छन् । सो क्रममा घाइते भएका पाँच जनाको अहिले भैरहवा यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी अनुसन्धान भइरहेको र सार्वजनिक बिदा सकिएपछि आवश्यक कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : १८ बजे

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ