चर्को राजश्व उठाउँदा पनि घटेन प्लास्टिकका फूलको आयात | Khabarhub Khabarhub

चर्को राजश्व उठाउँदा पनि घटेन प्लास्टिकका फूलको आयात


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • तेज बोहरा

धनगढी– स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनको लागि सरकारले कृत्रिम फूलमालामा चर्को राजश्व लगाउने गरेको छ । कैलाली त्रिनगर भन्सार कार्यालयका अनुसार खरिद मुल्यमा २० प्रतिशत भन्सार शुल्क र खरिद मुल्यमा भन्सार शुल्क जोडेर १३ प्रतिशत मुल्य अभिबृद्धि कर (भ्याट) लिने गरेको छ । समग्रमा कृत्रिम फूलमालाको आयातमा सरकारले खरिद मुल्यको ३४ दशमलव ४७ प्रतिशत राजश्व लिने गरेको छ ।

भारतबाट आयात हुने कृत्रिम फूलमाको प्रयोग रोक्नका लागी सरकारले चर्को राजश्व लगाउँदा समेत आयातमा भने कमी आउन सकेको छैन । बिशेष गरी चाडपर्वको समयमा ठूलो परिमाणमा कृत्रिम फूलमालाहरु नेपाल भित्रिने गरेका छन् ।

यस वर्षको तिहारका लागि भारतबाट गत वर्षको तुलनामा ५ गुणा बढी कृत्रिम फूलमाला धनगढीमा भित्रिएको छ । धनगढीमा अहिले कृत्रिम फूलका माला (प्लाष्टिक र कागजका माला) को बिक्री समेत गत वर्षको तुलनामा पाँच गुणाले बृद्धि भएको व्यापारीहरूको अनुभव छ ।

कैलाली त्रिनगर भन्सारका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि असोजसम्मको अवधिमा भारतबाट धनगढीमा ७ हजार ५ सय ४६ क्वीन्टल कृत्रिम माला भित्रिएको छ । भन्सार कार्यालयका अनुसार यो अवधिमा धनगढीमा ३० लाख ६५ हजार चार सय रुपैयाँ मुल्यको कृत्रिम फूलमाला भित्रिएको छ ।

कैलाली भन्सार कार्यालयका अधिकृत कुमार गौतमले कृत्रिम फूलमाला आयातमा १४ लाख ८१ हजार छ सय ६१ रुपैयाँ राजश्व संकलन भएको छ । उनले धनगढीमा भारतको दिल्ली र पलियाबाट कृत्रिम फूलमाला आयात भइरहेको बताए ।

कैलाली भन्सार कार्यालयका अनुसार धनगढीमा असोज र कात्र्तिक महिनामा सबैभन्दा बढि कृत्रिम फूलमाला आयात हु्ने गरेको छ । गत वर्ष सोही अवधिमा कैलाली भन्सार नाका हुँदै भारतबाट १ हजार ३ सय २८ क्वीन्टल कृत्रिम फूलमाला भित्रिएको थियो । सो अवधिमा ४ लाख ६१ हजार २ सय रुपैयाँको कृत्रिम फूलमाला भित्रिएको थियो भने आयातबाट १ लाख ६४ हजार दुई २२ रुपैयाँ राजश्व संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा कैलाली भन्सार नाकाबाट ३ हजार ९ सय ४६ क्वीन्टल कृत्रिम फूलमाला भित्रिएको थियो । भन्सार कार्यालयको तथ्यांक अनुसार आयात भएको कृत्रिम फूलमालाको खरिद मूल्य १५ लाख २८ हजार सात सय ३२ रुपैयाँ रहेको थियो भने पाँच लाख ५४ हजार एक सय ४१ रुपैयाँ राजश्व संकलन भएको थियो ।

कैलाली भन्सार नाका हुँदै गत आर्थिक वर्षभरि भारतबाट आयात भएको कृत्रिम फूलमालाभन्दा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमै दोब्बर बढी आयात भइसकेको छ । भन्सार अधिकृत गौतमले तिहारका बेला फूलमालाको अत्यधिक माग हुने भएकाले आयात पनि बढ्ने गरेको बताए । उनले तिहारका लागि कृत्रिम फूलमाला आयात अझै जारी रहेको बताए ।

कृत्रिम फूलमाला बाहेक धनगढीमा केही परिमाणमा सयपत्रीका माला पनि आयात हुने गरेको छ । कैलाली भन्सार कार्यालयका अनुसार तिहारका लागि भारतबाट कृत्रिम फूलमाला, दीयो, मैनवत्ती, अगरबत्ति लगायतका सामानहरू आयात हुने गरेको छ ।

कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनवत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ ।

प्रायले आफ्नो घरबारीमा सयपत्री, मखमली लगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुने भएकाले धनगढी सहितका शहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती (फ्लोरीकल्चर) को विकास भए पनि लागतअनुसार फूलको मुल्य नपाउदाँ किसानहरुले फूल खेतीलाई निरन्तरता दिन नसकिएको बताउँदै आएका छन् । बजारमा भारतबाट आयात हुने कृत्रिम फूलमालाले फूल खेतीलाई विस्थापित गरेरहेको किसानहरुको गुनासो छ ।

एक तथ्यांकअनुसार सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशतले फूलको माग बढ्ने गरेको भए पनि उत्पादन भने निकै न्युन रहेको छ । नेपाल उद्योग वाणिज्य संघका वस्तुगत परिषद्का उपसभापति लोकनाथ गैरेले सुदूरपश्चिममा फूलखेतीको ठूलो सम्भावना रहेकोले स्थानीय जातका फूलहरूको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४, फूलबारीमा फूलखेती गरिरहेका सीताराम चौधरीले तिहारमा दिदी–बहिनीले दाजुभाईलाई फूलको मालाको सट्टा प्लास्टिकजन्य सामग्रीबाट बनेका माला लगाइदिएको देखेर फूल खेतीमा लागेको बताए ।

उनले १० कठ्ठा जग्गामा फूल खेती गरिरहेको भएपनि उत्पादन लागत अनुसार बजार मुल्य नपाउँदा सोचजस्तो आम्दानी नभएको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : ३३ बजे

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

सर्लाही – गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको

जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

काठमाडौं – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल