सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड « Khabarhub

सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालबाट नै चार आध्यात्मिक आयामको विकास भएको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आइतबार आयोजित कार्यक्रममा सभामुख श्रेष्ठले आन्तरिक चेतनाको विकास गर्नु नै वास्तविक दीपावली मनाउनु हो भने ।

शरीररुपी मन्दिरमा रहेको चेतनारुपी ज्योतिको उजागर गराउने पर्व नै भाइटीका हो भन्नुहुँदै उनले नेपालको सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड दिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगी राज दिदीले ज्ञान प्रकाशले जागृत मनस्थितिबाट मात्रै स्वभाव संस्कारलाई परिवर्तन गरी पुनः सुखद, समृद्ध र सभ्य संसारको निर्माण गर्न सकिने भएकाले प्रत्येकको जीवनमा दैवी मूल्य र आचरणको खाँचो औँल्याए ।

नर्वेजियन विश्वविद्यालयका प्रा डा विशाल सिटौला, ब्रह्माकुमार रामसिंह ऐर, तिलकबहादुर शाही, किशोर मल्ललगायतले प्रकाश बिना संसार अन्धकारमय हुने हुँदा ज्ञान (सरस्वती), धन (लक्ष्मी), वुद्धि विवेक (गणेश) प्राप्तिका लागि सबै लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  २ : ५५ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन