पूर्वी पहाडी जिल्लामा चाडपर्वका बेला सवारीसाधन अभाव « Khabarhub

पूर्वी पहाडी जिल्लामा चाडपर्वका बेला सवारीसाधन अभाव


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम- पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जीप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ ।

चालक चाडपर्व मनाउन आ–आफ्नो घर जाने भएकाले चाडपर्वमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । चाडपर्वमा अन्य समयभन्दा यात्रुको सङ्ख्या दोब्बरभन्दा बढी हुने गरेका कारणसमेत सवारीसाधनको अभाव हुने गरेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमबाट झापासम्म दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने गर्दछन् । यहाँका ग्रामीण क्षेत्रबाट समेत तराईका विभिन्न जिल्लामा सवारीसाधन सञ्चालन हुन्छन् । झण्डै ९९ प्रतिशत साना सवारीसाधन चल्ने गरेकाले चाडपर्वमा यात्रुलाई हैरानी हुन्छ ।

हिमाल यातायात प्रालिका कर्मचारी निशान लिम्बूका अनुसार दशैँ र तिहारमा यात्रुको सङ्ख्या थेग्नै नसक्ने हुन्छ । यही समय देश विदेशबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पाथीभरा मन्दिर दर्शन गर्न आउँछन् । कतिपय आफैँ सवारीसाधन लिएर आउँछन् ।

अधिकांशले मेची राजमार्गमा सञ्चालन हुने सवारीसाधन नै प्रयोग गर्छन् । “सवारीसाधन अभावले यात्रु समयमै गन्तव्यमा पुग्न सक्दैनन्”, लिम्बूले भने । सवारीसाधन सीमित तथा यात्रुको सङ्ख्या अत्यधिक हुँदा समस्या हुने गरेको छ ।

विगतमा झापाको विर्तामोड र दमक तथा सुनसरीको धरानबाट इलाम, फिदिम र ताप्लेजुङसम्म बस सञ्चालन हुने गरेको थियो । साँघुरो तथा धेरै घुम्ती भएका कारण मेची राजमार्गमा यात्रुले बसको सट्टा साना सवारीसाधन प्रयोग गर्न रुचाउने गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : १५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग