लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी « Khabarhub

लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपलान्चोक जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेशनमा आगलागी भएको छ।

आइतबार दिउँसो आगलागी भएको हो भने आगो नियन्त्रणमा आइसकेको छ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार उक्त सबस्टेशनमा केही साना जलविद्युत आयोजना जोडिएका छन्।

सबस्टेशनसँग उपभोक्ताको घर–घरमा जाने लाईन प्रत्यक्ष नजोडिएका कारण त्यसका प्रतक्ष असर उपभोक्तालाई नपर्ने अधिकारीको भनाई छ।

यद्यपि, राष्ट्रिय प्रशारणलाईनमा जोडिने विद्युत भने घट्नेछ। आगलागीबाट भएको क्षतिको एकीन विवरण प्राप्त भइनसकेको प्रवक्ता अधिकारीले जानकारी दिए।

केही दिनअघि मात्र बर्दघाट सबस्टेशनमा आगलागी भएको थियो।

जसका कारण प्राधिकरणलाई १० देखि १२ मेगावाट लोड व्यवस्थापन गर्न अप्ठेरो परेको छ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ०५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग