वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित | Khabarhub Khabarhub

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ ।

नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु पाँच हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पुर्‍याएको योगदानको कदर गर्दै सांस्कृतिक बाजागाजासहित उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय काम गरेको बताए । सात साहित्यिक संस्थालाई रु १० लाखका दरले गतिविधि गर्न नगरपालिकाले सहयोग गरेको उनले बताए । “नगरपालिकामा यसै वर्ष अन्तर्राष्ट्रियस्तरको कवि गोष्ठी गरिँदैछ, त्यसका लागि रु १० लाख विनियोजन गरेका छौँ, कार्यक्रम आगामी पुसमा आयोजना हुँदैछ, सबै साहित्यिक संस्थालाई एकै किसिमको सहयोग गरिएको छ”, उनले भने ।

नगरपालिकाको नयाँबस्ती क्लब मात्र ‘बी’ डिभिजनमा पुगेकाले यसका लागि विशेष बजेट विनियोजन गरिएको नगरप्रमुख चालिसेले जानकारी दिनुभयो । हाल क्लबलाई रु १० लाख वार्षिकरूपमा बजेट उपलब्ध गराएको छ । क्लब ‘ए’ डिभिजनमा बढुवा भए वार्षिक रु २० लाख उपलब्ध गराउने उनले घोषणा गरे ।

कैलाशकुट भवन उत्खनन् गर्न माग

सम्मानित व्यक्तित्व जोशीले वंशावलीमा गोकर्णेश्वरमै सातौँ शताब्दीको अंशुवर्माकालीन कैलाशकुट भवन रहेको उल्लेख भएकाले उत्खनन् गर्नुपर्ने बताए । भवनको जग गोकर्णेश्वर महादेव मन्दिर आसपासकै क्षेत्रमा हुन सक्ने उनको भनाइ थियो ।

सो अवसरमा जोशीले महाकवि देवकोटाले घण्टाघरस्थित भाषानुवाद परिषद्को कार्यालयमा बसेर शाकुन्तल महाकाव्य रचना गरेको बताए । शाकुन्तल महाकाव्य रचना गरेवापत महाकवि देवकोटाले त्यसबेला रु ५०० पारिश्रमिक पाएको संस्कृतिविद् जोशीले सुनाए ।

त्यसबेलाको मोहर देवकोटा आफैँले बोकेर जानुभएको आफूले देखेको पनि उनले सो अवसरमा जानकारी दिए । मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जोशी विगत र वर्तमान जोड्न युगपुरुष भइकन वैचारिकरूपमा युवाको जस्तो सोच भएको व्यक्तित्व हो भने ।

उद्यानमा रहेको देवकोटाको अर्धकदको शालिकमा सो अवसरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कविहरु नवराज पुडासैनी ‘ज्योत्स्ना’, गोपालकृष्ण रिजाल, कविन्द्र पुडासैनी, पवनकुमार सङ्ग्रौलालगायतले महाकवि देवकोटा एवम समसामयिक विषयमा लेखिएको रचना पाठ गरेका थिए । सो अवसरमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको हितमा कार्यरत ‘नयाँ जीवन’ नामक संस्थालाई रु पाँच हजार ५५५ सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ३० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम