वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित « Khabarhub

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ ।

नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु पाँच हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पुर्‍याएको योगदानको कदर गर्दै सांस्कृतिक बाजागाजासहित उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय काम गरेको बताए । सात साहित्यिक संस्थालाई रु १० लाखका दरले गतिविधि गर्न नगरपालिकाले सहयोग गरेको उनले बताए । “नगरपालिकामा यसै वर्ष अन्तर्राष्ट्रियस्तरको कवि गोष्ठी गरिँदैछ, त्यसका लागि रु १० लाख विनियोजन गरेका छौँ, कार्यक्रम आगामी पुसमा आयोजना हुँदैछ, सबै साहित्यिक संस्थालाई एकै किसिमको सहयोग गरिएको छ”, उनले भने ।

नगरपालिकाको नयाँबस्ती क्लब मात्र ‘बी’ डिभिजनमा पुगेकाले यसका लागि विशेष बजेट विनियोजन गरिएको नगरप्रमुख चालिसेले जानकारी दिनुभयो । हाल क्लबलाई रु १० लाख वार्षिकरूपमा बजेट उपलब्ध गराएको छ । क्लब ‘ए’ डिभिजनमा बढुवा भए वार्षिक रु २० लाख उपलब्ध गराउने उनले घोषणा गरे ।

कैलाशकुट भवन उत्खनन् गर्न माग

सम्मानित व्यक्तित्व जोशीले वंशावलीमा गोकर्णेश्वरमै सातौँ शताब्दीको अंशुवर्माकालीन कैलाशकुट भवन रहेको उल्लेख भएकाले उत्खनन् गर्नुपर्ने बताए । भवनको जग गोकर्णेश्वर महादेव मन्दिर आसपासकै क्षेत्रमा हुन सक्ने उनको भनाइ थियो ।

सो अवसरमा जोशीले महाकवि देवकोटाले घण्टाघरस्थित भाषानुवाद परिषद्को कार्यालयमा बसेर शाकुन्तल महाकाव्य रचना गरेको बताए । शाकुन्तल महाकाव्य रचना गरेवापत महाकवि देवकोटाले त्यसबेला रु ५०० पारिश्रमिक पाएको संस्कृतिविद् जोशीले सुनाए ।

त्यसबेलाको मोहर देवकोटा आफैँले बोकेर जानुभएको आफूले देखेको पनि उनले सो अवसरमा जानकारी दिए । मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जोशी विगत र वर्तमान जोड्न युगपुरुष भइकन वैचारिकरूपमा युवाको जस्तो सोच भएको व्यक्तित्व हो भने ।

उद्यानमा रहेको देवकोटाको अर्धकदको शालिकमा सो अवसरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कविहरु नवराज पुडासैनी ‘ज्योत्स्ना’, गोपालकृष्ण रिजाल, कविन्द्र पुडासैनी, पवनकुमार सङ्ग्रौलालगायतले महाकवि देवकोटा एवम समसामयिक विषयमा लेखिएको रचना पाठ गरेका थिए । सो अवसरमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको हितमा कार्यरत ‘नयाँ जीवन’ नामक संस्थालाई रु पाँच हजार ५५५ सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले