चितवनस्थित गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन « Khabarhub

चितवनस्थित गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- श्रीवागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका–१ मा रहेको गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजा गरी उद्घाटन गरिएको हो ।  प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, आश्रमका प्रमुख संरक्षक योगी शिरीष नाथ, आश्रमका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, केन्द्रका संयोजक रामप्रसाद वस्ती, पूर्वसंयोजक टङ्कनाथ पौडेललगायतले गौसंरक्षणको महत्वका बारेमा प्रकाश पारेका थिए ।

दुवै संरचना रु पाँच÷पाँच लाख खर्च गरेर निर्माण गरिएका हुन् । गौसंरक्षण केन्द्रमा स्थानीय जातका १३६ वटा गाई रहेका छन् । जुरो भएको स्थानीय गाईलाई पूजा गरे साक्षात् लक्ष्मीलाई पूजा गरे सरह हुने भएकाले विभिन्न क्षेत्रबाट बिहानैदेखि पूजाआजाका लागि सर्वसाधारण आएको केन्द्रका संरक्षक निरन्जननाथ योगीले बए ।

केन्द्रमा गोबद्र्धन पहाडको निर्माण गरिएको छ । सोही स्थानमा गाईको गहुँतलाई वाष्पीकरण गरी खानयोग्य बनाइएको गौअर्क लिन देशका विभिन्न स्थानबाट मानिस आउने गर्दछन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : २२ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको