धेरै दूध उत्पादन गर्ने २५ कृषकलाई अनुदान « Khabarhub

धेरै दूध उत्पादन गर्ने २५ कृषकलाई अनुदान


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पूर्वी चितवनको कालिका नगरपालिकाले वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादनमा अनुदान दिन थालेपछि कृषक उत्साहित भएका छन् ।

गत आवमा १२ जना कृषकले अनुदान पाएकामा यस आव यो सङ्ख्या २५ पुगेको छ । अघिल्लो आवको दूधको आधारमा अनुदान दिन थालिएको हो ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार १० हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने कृषकलाई रु ३३ हजार ३३३ का दरले अनुदान दिइएको छ । उनका अनुसार यसरी अनुदान पाउने कृषकमा गत वर्ष ५८ हजार लिटर दूध बिक्री गर्नेसम्मका रहेका छन् ।

कृषकलाई व्यावसायिक रुपमा लाग्न प्रेरित गर्ने उद्देश्यले अनुदानमा जोड दिइएको प्रमुख श्रेष्ठले बताए ।  अनुदान दिन शुरु गरेपछि कृषक उत्साहित भएको उनको भनाइ छ ।

यसबाहेक कृषकलाई गोठ सुधारमा रु एक लाखसम्म, घाँसको बीउमा अनुदान, वोयर जातको बोका वितरण, ब्याड राँगा वितरण, ‘काउम्याट’मा अनुदान दिइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ५५ बजे

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम