गलकोटको तिहारे मेलामा चर्खे पिङको रमाइलो « Khabarhub

गलकोटको तिहारे मेलामा चर्खे पिङको रमाइलो


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- एकापट्टि चर्खे, आडैमा लिङ्गे पिङ थियो । कोही मच्चिरहेका थिए भने कतिपय मच्चाइरहेका थिए । बीचमा सोरठी गुञ्जिरहेको थियो । पञ्चेबाजाको उस्तै ताल थियो । तिहारे मेलामा सर्वसाधारण रमाइरहेका थिए ।

गलकोट नगरपालिका–७ मल्ममा आयोजित तिहारेमेलाले परम्पराको झल्को दिन्थ्यो । भाइमाला उन्ने, मौलिक नृत्य, रस्साकस्सी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकीलगायत मेलाका आकर्षण थिए । तीन दिनसम्म चलेको उक्त मेलालाई स्थानीयवासीले शनिबार बिदा गरे । कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०७० सालदेखि शुरु भएको सो मेला वर्षेनी तिहारमा लाग्ने गर्छ । जनहित कला केन्द्रले मेला व्यवस्थापन र सञ्चालन गर्दै आएको छ ।

यस वर्षको मेलामा विशेष आकर्षणका रुपमा चर्खे पिङ रहेको थियो । मेला भर्न आएकाहरुले १० वर्षपछि चर्खे पिङ खेल्न पाए । गाउँबाट लोप हुनै लागेको पिङलाई संरक्षण गरिएको केन्द्रका प्रमुख ज्ञानबहादुर थापाले बताए । पिङ निर्माण गर्न रु ३० हजार खर्च भएको थियो । स्थानीयवासीले पिङ बनाउन सहयोग गरेका हुन् । चाडवाडमा राखिने चर्खे, लिङ्गे पिङ हराउन थालेपछि संरक्षणका लागि सहयोग गरेको स्थानीयवासीले बताए ।

धेरै समयपछि चर्खे पिङ खेल्न पाउँदा रमाइलो लागेको स्थानीयवासी सुशीला परियारले बताए । बालबालिकादेखि वयश्कसम्म मेला अवधिभर चर्खे र लठ्ठे पिङमा रमाएका थिए । मेलाको अर्को आकर्षण भाइमाला उन्ने प्रतियोगिता पनि हो । छिटो र राम्रो माला उन्ने महिलालाई पुरस्कृत गरिन्छ । यसपालि भाइमाला उन्ने प्रतियोगितामा कोपिला खड्का प्रथम र सरस्वती केसी द्वितीय हुनुभयो । कलाको उत्थान र परम्पराको रक्षाका लागि मेला सहयोगी बनेको केन्द्रका प्रमुख थापा बताउँछन् ।

मेलामा मल्ममा प्रचलित सोरठी गीत र नृत्यले पनि दर्शकलाई लोभ्यायो । पाका कलाकारको प्रस्तुति हेरेर सबै प्रफुल्लित देखिन्थे । पञ्चेबाजा, भजनलगायतका सांस्कृतिक झाँकी पनि मेलामा प्रदर्शन गरिएको थियो । लोकनृत्य प्रतियोगितामा मौलिक वेषभूषामा सजिएका कलाकारको प्रस्तुति पनि बेजोड देखिन्थ्यो । रस्साकस्सी प्रतियोगिताले उस्तै रौनक थपेको थियो ।

भलिबल खेलका पारखीले समेत मेलाबाट आनन्द बटुलेका थिए । भलिबल प्रतियोगिता पनि मेलाको नियमित आकर्षण बनेको छ । प्रतियोगितामा ‘सनसाइन गलकोट जापान’ को समूह विजेता बन्यो भने उपविजेता आयोजक समूह बन्यो । केन्द्रले मल्म, गैराखर्कस्थित आफ्नै खेल मैदानमा मेला सञ्चालन गर्दै आएको छ ।

केन्द्रले रु छ लाखमा जग्गा किनेर मैदान र कार्यक्रमस्थल व्यवस्थापन गरेको थियो । मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना केन्द्रको छ । उक्त मेलामा गायक वसन्त थापा, गायिका निशा श्रीष, सुरज थापालगायतले मनोरञ्जन प्रदान गरेका थिए । मेलाको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकामगर गौतमले गरेकी थिइन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : १६ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको