सिस्नुपानीको देउसी भैलोमा महरा काण्डको चर्चा « Khabarhub

सिस्नुपानीको देउसी भैलोमा महरा काण्डको चर्चा


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – सिस्नुपानी नेपालले यस वर्ष पनि देउसी भैलो कार्यक्रम गरेको छ ।

समसामयिक विषयमा व्यङ्ग्य गरिएको देउसी भैलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।

आइतबार काठमाण्डौको प्रज्ञा भवनमा आयोजना गरिएको देउसी भैलोमा समसायमिक विषयमा व्यङ्ग्य गरिएको थियो ।

देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भीआईपी अरु पनि कति महराहरु होलान् भनी व्यङ्ग्य कसिएको छ । त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरुले मिलेर भ्रष्टाचार गरेको पनि दाबी गरिएको छ ।

सिस्नुपानी नेपालको कार्यक्रममा कवि अर्जुन पराजुलीले शहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यंग्य व्यक्त गरे ।

उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जायमान भएको थियो ।

यता, हास्य कलाकार मनोज गजुरेलले चिनियाँ नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य प्रस्तुत गरे । उनले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डिकेट बाँधो’ भनेर व्यङ्ग्य कस्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो ।

सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यङ्ग्य गर्दै देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ५० बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा