सिस्नुपानीको देउसी भैलोमा महरा काण्डको चर्चा « Khabarhub

सिस्नुपानीको देउसी भैलोमा महरा काण्डको चर्चा


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – सिस्नुपानी नेपालले यस वर्ष पनि देउसी भैलो कार्यक्रम गरेको छ ।

समसामयिक विषयमा व्यङ्ग्य गरिएको देउसी भैलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।

आइतबार काठमाण्डौको प्रज्ञा भवनमा आयोजना गरिएको देउसी भैलोमा समसायमिक विषयमा व्यङ्ग्य गरिएको थियो ।

देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भीआईपी अरु पनि कति महराहरु होलान् भनी व्यङ्ग्य कसिएको छ । त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरुले मिलेर भ्रष्टाचार गरेको पनि दाबी गरिएको छ ।

सिस्नुपानी नेपालको कार्यक्रममा कवि अर्जुन पराजुलीले शहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यंग्य व्यक्त गरे ।

उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जायमान भएको थियो ।

यता, हास्य कलाकार मनोज गजुरेलले चिनियाँ नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य प्रस्तुत गरे । उनले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डिकेट बाँधो’ भनेर व्यङ्ग्य कस्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो ।

सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यङ्ग्य गर्दै देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ५० बजे

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको