उपनिर्वाचनः नेकपा चितवनले टुङ्गायो उम्मेदवार | Khabarhub Khabarhub

उपनिर्वाचनः नेकपा चितवनले टुङ्गायो उम्मेदवार


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार घोषणा गरेको छ ।

भरतपुर महानगरपालिका–१६ खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुँदैछ ।

सो निर्वाचनमा नेकपाको तर्फबाट भरतपुर महानगरपालिका–१६ मा भक्तराज हमाल, खैरहनी नगरपालिका–४ मा वेदबहादुर अधिकारी र खैरहनी–५ मा पुननारायण प्रधानलाई स्थानीय तहको सर्वसम्मत सिफारिशको आधारमा उम्मेदवार बनाउने निर्णय भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यस्तै नेकपा चितवनले निर्वाचनलाई व्यवस्थितरूपमा परिचालन गर्नका लागि पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी, नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको संयोजकत्वमा छ सदस्यीय अनुगमन समिति, तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचारप्रसार समिति, पार्वती रावल संयोजक र अन्जन तिमिल्सिना उपसंयोजक रहेको १५१ सदस्यीय भरतपुर महानगरपालिका वडा नं १६ निर्वाचन परिचालन कमिटी चयन गरेको छ ।

यस्तै खैरहनी नगरपालिका–४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी र खैरहनी नगरपालिका–५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४८ बजे

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

काठमाडौं – जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र