उपनिर्वाचनः नेकपा चितवनले टुङ्गायो उम्मेदवार « Khabarhub

उपनिर्वाचनः नेकपा चितवनले टुङ्गायो उम्मेदवार


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार घोषणा गरेको छ ।

भरतपुर महानगरपालिका–१६ खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुँदैछ ।

सो निर्वाचनमा नेकपाको तर्फबाट भरतपुर महानगरपालिका–१६ मा भक्तराज हमाल, खैरहनी नगरपालिका–४ मा वेदबहादुर अधिकारी र खैरहनी–५ मा पुननारायण प्रधानलाई स्थानीय तहको सर्वसम्मत सिफारिशको आधारमा उम्मेदवार बनाउने निर्णय भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यस्तै नेकपा चितवनले निर्वाचनलाई व्यवस्थितरूपमा परिचालन गर्नका लागि पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी, नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको संयोजकत्वमा छ सदस्यीय अनुगमन समिति, तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचारप्रसार समिति, पार्वती रावल संयोजक र अन्जन तिमिल्सिना उपसंयोजक रहेको १५१ सदस्यीय भरतपुर महानगरपालिका वडा नं १६ निर्वाचन परिचालन कमिटी चयन गरेको छ ।

यस्तै खैरहनी नगरपालिका–४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी र खैरहनी नगरपालिका–५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४८ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित