पूर्वप्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक अस्ट्रेलियामा पक्राउ « Khabarhub

पूर्वप्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक अस्ट्रेलियामा पक्राउ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिड्नी-पूर्व प्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ परेका छन् ।

प्रेमिकाले अर्कै युवकसँग बिहे गर्ने तय गरेपछि उनले धम्की दिएको र तिनै युवतीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अस्ट्रेलियाको युनिभर्सिटि अफ साउथ अस्ट्रेलियामा अध्ययनरत २५ बर्षीय नेपाली युवकले विगतमा आफूसँग बिताएका बेलाको नग्न फोटो सार्वजनिक गर्ने भन्दै धम्की दिएका थिए ।

उनले घर परिवारलाई पनि फोटो पठाइदिने भनेपछि युवतीले प्रहरीको सहयोग लिएकी थिइन ।

प्रहरीका अनुसार उनले वेलायतमा रहेकी आफ्नी पुर्व प्रेमिकाले अर्कैसँग विहे गरेको आवेगमा धम्कीपूर्ण म्यासेज लेखेका थिए ।

प्रहरीले आरोपित युवकलाई स्थानीय अदालतमा यौनदुव्र्यवहार गरेको मुद्दा लगाएको छ ।

स्थानीय समाचार संस्थाका अनुसार युवकले आफु विदेशी नागरिक भएकाले अस्ट्रेलियामा आफुविरुद्ध कुनै पनि मुद्दा लाग्न नसक्ने बताउँदै युवतिलाई धम्क्याउँदै आएका थिए ।

पक्राउ परेका युवक प्रहरी हिरासतमा छन् । प्रहरीले उनको कुनै परिचय पनि सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ०८ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित