बेडमै उठेर बस्न सक्ने भए प्रधानमन्त्री ओली, उभिएर हिँड्न भने समय लाग्ने « Khabarhub

बेडमै उठेर बस्न सक्ने भए प्रधानमन्त्री ओली, उभिएर हिँड्न भने समय लाग्ने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिसाइटिस भएपछि शल्क्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओली अहिले बेडमा बस्न र बोल्न सक्ने भएका छन् ।

प्रधानमन्त्री ओलीलाई बिहीबार केहीबेर हिडाउने भनिए पनि उनी पूर्ण रुपमा उभिन सक्ने भने नभएको स्रोतले बतायो ।

‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, तर हिडाउँने कुरा होइन, बेडमा मात्र राख्दा संक्रमण हुने भएकाले बेड बाहिर खुट्टाहरु तन्काउन लगाउने तथा बेडमै उठेर बस्न लगाउने मात्र हो,’ स्रोतले खबरहबसँग भन्यो, ‘उहाँ अहिले हिँड्न सक्नुहुन्न, हिँड्न सक्ने हुन अझै समय लाग्छ ।’

सोमबार रातिदेखी पेटमा समस्या भएपछि प्रधानमन्त्रीका चिकित्सकहरुले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरेका थिए ।

मनमोहन सेन्टरमा भर्ना भएको ओलीको मंगलबार नै ऐपेन्डिसाइटिस भएको पुष्टि भएपछि तत्काल शल्क्रिया गरिएको थियो । शल्क्रिया पछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा पुन: मिर्गौलाको समस्या देखिएको छ । प्रधानमन्त्री ओलीको बुधबार डायलाइसिस पनि गरिएको थियो ।

प्रधानमन्त्री ओली आइसियुमै उपचारत रहेको र स्वास्थ्यमा पूर्ण रुपमा सुधार नभएकोले अझै केही दिन अस्पतालमै रहने स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १२ : २१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने