बेडमै उठेर बस्न सक्ने भए प्रधानमन्त्री ओली, उभिएर हिँड्न भने समय लाग्ने « Khabarhub

बेडमै उठेर बस्न सक्ने भए प्रधानमन्त्री ओली, उभिएर हिँड्न भने समय लाग्ने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिसाइटिस भएपछि शल्क्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओली अहिले बेडमा बस्न र बोल्न सक्ने भएका छन् ।

प्रधानमन्त्री ओलीलाई बिहीबार केहीबेर हिडाउने भनिए पनि उनी पूर्ण रुपमा उभिन सक्ने भने नभएको स्रोतले बतायो ।

‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, तर हिडाउँने कुरा होइन, बेडमा मात्र राख्दा संक्रमण हुने भएकाले बेड बाहिर खुट्टाहरु तन्काउन लगाउने तथा बेडमै उठेर बस्न लगाउने मात्र हो,’ स्रोतले खबरहबसँग भन्यो, ‘उहाँ अहिले हिँड्न सक्नुहुन्न, हिँड्न सक्ने हुन अझै समय लाग्छ ।’

सोमबार रातिदेखी पेटमा समस्या भएपछि प्रधानमन्त्रीका चिकित्सकहरुले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरेका थिए ।

मनमोहन सेन्टरमा भर्ना भएको ओलीको मंगलबार नै ऐपेन्डिसाइटिस भएको पुष्टि भएपछि तत्काल शल्क्रिया गरिएको थियो । शल्क्रिया पछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा पुन: मिर्गौलाको समस्या देखिएको छ । प्रधानमन्त्री ओलीको बुधबार डायलाइसिस पनि गरिएको थियो ।

प्रधानमन्त्री ओली आइसियुमै उपचारत रहेको र स्वास्थ्यमा पूर्ण रुपमा सुधार नभएकोले अझै केही दिन अस्पतालमै रहने स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १२ : २१ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी