चीनबाट अनुदान प्राप्त एपीसी नेपाली सेनाका लागि असुरक्षित « Khabarhub

चीनबाट अनुदान प्राप्त एपीसी नेपाली सेनाका लागि असुरक्षित


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले चीनबाट अनुदानमा प्राप्त गरेका ६३ वटा एपीसी (सीए/भीएनफोर) युद्ध क्षेत्रका लागि असुरक्षित रहेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा विभिन्न मुलुकहरूमा खटिएका नेपाली सैनिक अधिकृत र जवानहरूले चीनबाट अनुदानमा प्राप्त एपीसी (सीए/भीएनफोर) युद्ध क्षेत्रका लागि अशुरक्षित रहेको गुनासो गरेका हुन् ।

ती एपीसीहरु कुन–कुन मुलुकमा खटिएका शान्ति सेनाले प्रयोग गरिरहेका छन् भन्ने एकिन जानकारी नभएपनि यो सेनाका लागि कमजोर र असुरक्षित भएका कारण संयुक्त राष्ट्रसंघीय मिसनमा खटिनेहरूले यी एपीसीहरूको प्रयोग गर्न आनाकानी हुने गरेको सैनिक स्रोतले बतायो ।

कमजोर र असुरक्षित भएका कारण चिनियाँ सहयोगमा प्राप्त यी एपीसीहरु संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा प्रयोगका लागि हालसम्म नपठाइए सैनिक स्रोतको दाबी ५ ।

यी एपीसीहरु छाउनीस्थित सैनिक ब्यारेकमा थन्काइएको छ ।

यसबाट नेपाली सेनाले सन् २०१९ अगस्ट अन्तिम साता चिनियाँ २३० मिलियन आरएमबी अर्थात् नेपाली रुपैयाँ ३ अर्ब ७४ करोड ७७ लाख ७५ करोड ९ सय ८७ मूल्यका एपीसी भेइकलहरूको विश्वसनीयतामा गम्भीर आशंका उत्पन्न भएको सैनिक स्रोतको भनाइ छ ।

यान्त्रिक रूपले १२.७ एमएम एन्टिएयरक्राफ्ट मेसिन गनसहितका एपीसी भेइकलहरू भए पनि प्राविधिक दृष्टिकोणले गुणस्तरीय, भरपर्दो र टिकाउ नभएका कारण संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सैनिकहरूले विभिन्न समस्या व्यहोर्नुपर्ने अवस्था आउने गरेको सैनिक स्रोतको भनाइ छ ।

यी एपीसी भेइकलहरू बुलेट प्रुफ नभएकाले गोली छिर्ने, चाँडै तात्ने समस्याका कारण कम गुणस्तरीय र असुरक्षित रहेको शान्ति मिसनमा खटिने सैनिकहरूको भनाइ छ ।

भीएनफोर–तस्वीर: पिपुल्स डेली

यसअघि यस्तै खालको बुलेट प्रुफ नभएका चिनियाँ एपीसी भेइकलहरू केन्यालगायतका युद्धग्रस्त क्षेत्रमा प्रयोग भएका थिए । तर उक्त भेइकलहरुबाट छिरेको गोली लागेर आठ जना सैनिकको मृत्यु भएपछि नेपालले चीनबाट अनुदानमा पाएको भेइकलहरुमा त्यस्तै समस्या आउन सक्ने डर रहेको सैनिक स्रोतको भनाइ छ ।

बुलेट प्रुफ नभएका चिनियाँ एपीसी भेइकलहरू केन्यालगायतका युद्धग्रस्त क्षेत्रमा प्रयोग भएकोमा सन् २०१६ मा केन्यामा गोली छिरेर आठ सैनिकहरुको मृत्यू भएको समाचारहरु सार्वजनिकसमेत भएका थिए ।

केन्यामा भएको दुर्घटनापछि चिनियाँ प्राविधिक टोलीले एपीसी भेइकलहरूको प्राविधिक तथा भौतिक अवस्थाको निरीक्षण समेत गरेर कमजोरी रहेको पत्ता स्वीकारेको थियो ।

एपीसी मात्र होइन चीनबाट ल्याइएका विमानको हातल पनि त्यस्तै रहेको छ । नेपाल वायुसेवा निगमले चीनबाट आयातित ६ वटा विमानहरू रहेका छन् । तर ती विमानहरु पनि राम्रो नहुँदा नेपाल बायुसेवा निगमले घाटा व्यहोर्दै आइरहेको छ ।

वाई–१२ई विमानले उडान भर्न नसकिरहेको र निगमलाई अर्बौं घाटा परिरहेको स्रोतको भनाइ छ । चीनमा बनेका र त्यहाँबाट विभिन्न मुलुकहरूमा निर्यात भएका विमानहरूमा प्राविधिक दृष्टिले गम्भीर त्रुटि र कमजोरी हुने गरेको समाचारहरु बेलाबेलामा सार्वजनिक समेत हुने गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  २ : ४१ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा