पर्पल 'बिकिनी'मा अदिति, फ्यानले लेखे – तिमी साँच्चिकै अप्सरा हौ | Khabarhub Khabarhub

पर्पल ‘बिकिनी’मा अदिति, फ्यानले लेखे – तिमी साँच्चिकै अप्सरा हौ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी यतिबेला बैंककमा छिन् । उनी घुमघामका लागि त्यहाँ पुगेकी हुन् ।

मुम्बईमा रहँदै आएकी यी अभिनेत्रीले ‘कृ’ पछि अन्य फिल्ममा अवसर पाएकी छैनिन् । तर, उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् ।

पछिल्लो समय अभिनेत्री अदितिलाई भारतीय र्‍यापर अलिप मोरानीसँग प्रेममा रहेको पनि चर्चा चल्ने गर्छन् । अदितिले मोरानीसँगको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।

फाटफुट हिन्दी म्युजिक भिडियोमा समेत काम गरेकी अदितिले आफ्नो इन्स्टामा एक तस्वीर अपलोड गरेकी छिन् । तस्वीरमा उनलाई बैजनी रंगको बिकिनी अवतारमा देख्न सकिन्छ । यो तस्वीर अद्वित वैद्यले खिचेका हुन् ।

उक्त तस्वीर सामाजिक सञ्जाल प्रयोगकर्ताले मन परेको प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले हिन्दीमा लेखेका छन्, ‘हट छौ तिमी ।’

नेपाल र भारतमा समेत फ्यान कमाएकी अदिति बलिउड छिर्ने कसरतमा छिन् । तर, उनी सफल भएकी छैनिन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंको सुन्दरताका लागि कुनै शब्द नै छैनन्, तपाईं साँच्चिकै अप्सरा हो ।’

त्यसो त अदिति सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनको सुन्दरताको फ्यानले खुबै तारिफ गर्ने गर्छन् । हेर्नुस् अदितिका अन्य केही तस्वीर:

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ०८ बजे

सरकार व्यवहारमै निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसक्यो : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित  

काठमाडौं– गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी