ट्रकको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट एक जनाको मृत्यु


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनवन– पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नम्बरको मोटरसाइकलको पछाडी सवार २८ वर्षीय पुरुष व्यक्ति रहेका छन् । उनको नामथर खुल्न सकेको छैन । सोही मोटरसाइकलका चालक गम्भिर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : २५ बजे

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा