ट्रकको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट एक जनाको मृत्यु


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनवन– पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नम्बरको मोटरसाइकलको पछाडी सवार २८ वर्षीय पुरुष व्यक्ति रहेका छन् । उनको नामथर खुल्न सकेको छैन । सोही मोटरसाइकलका चालक गम्भिर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु