केयुमा फेरि लाग्यो ताला, प्राध्यापक र कर्मचारी आन्दोलनमा « Khabarhub

केयुमा फेरि लाग्यो ताला, प्राध्यापक र कर्मचारी आन्दोलनमा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विश्व विद्यालय (केयु) का प्राध्यापक र कर्मचारीले केयुको उपकुलपति र रजिस्ट्रार कार्यालयमा पुन तालाबन्दी गरेका छन् ।

काठमाडौं विश्व विद्यालय प्राध्यपक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले केयुले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको हो ।

केयुका प्राध्यापक संघ, कर्मचारी संगठनले केयुमा ऐन अनुसार सञ्चालन नभएको, नीतिगत कुरामा भएका समस्या समाधान, कर्मचारीहरुको वृद्धिविकास हुनुपर्ने लगायतको विभिन्न ४ बुँदे माग राख्दै यसअघि पनि ४० दिन आन्दोलन गरेका थिए  ।

४० दिनको आन्दोलन पछि केयुले मागहरु सम्बोधन गर्ने सहमित गरेको थियो । सो सहमति पछि आन्दोलनरत केयुका प्राध्यापक तथा कर्मचारीले ताला खुलाएका थिए ।

केयुका प्राध्यापक तथा कर्मचारीले केयुको कार्य व्यवस्थामा भएको फ्याकल्टी वीलफेर काउन्सिल र स्टार्फ वीलफेर काउन्सिल सम्बन्धि व्यवस्था खारेज गरी प्राध्यापक संघ र कर्मचारी सं सम्बन्धि व्यवस्था समावेग गर्ने सहमति भएको थियो ।

यस्तै केयुको वार्षिक लेखा परीक्षा महालेखा परिक्षकबाट गराउने व्यवस्था गर्ने, एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धति विकास गर्ने लगायतको विभिन्न सहमित भएको थियो । केयुका प्राध्यापक र कर्मचारीले सो सहमति कार्यान्वयन नगरेको भन्दै केयुमा ताला लगाएका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ४१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को