कतारमा काम गर्न जानेले व्यक्तिगत विवरण पेश नगरे ३ लाख तिर्नु पर्ने « Khabarhub

कतारमा काम गर्न जानेले व्यक्तिगत विवरण पेश नगरे ३ लाख तिर्नु पर्ने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार– रोजगारीका लागि कतार पुगेका कामदारले आवाससहितको सम्पूर्ण व्यक्तिगत विवरण पेश गर्नु पर्ने भएको छ ।

पेशा व्यवसाय गर्दै बसेका विदेशी नागरिक र आप्रवासी श्रमिकले आवाससहित सम्पूर्ण व्यक्तिगत विवरण पेश गर्नुपर्ने नियम कतार सरकारले लागू गरेको छ ।

कतारको आन्तरिक मामिला मन्त्रालयले जनावरीदेखि कतार भित्रिने विदेशी नागरिकको विवरणमा अनिवार्य गर्ने लागेको जनाएको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजक कतारले राष्ट्रिय ठेगाना सम्बन्धि सन् २०१७ को कानून नम्बर २४ लाई कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयले आप्रवासी श्रमिक र नागरिकको विवरण मोबाईल मार्फत पनि पठाउन सकिने व्यवस्था गरेको जनाएको छ । कानून लागू भएको ६ महिनाभित्र विवरण नबुझाए १० हजार हजार रियाल (३ लाख नेपाली रुपैयाँ) जरीवाना गर्नेसक्ने जनाएको छ ।

कतारमा रहेको सम्पूर्ण आप्रवासीहरुले आफु बसोबास गर्दै आएको ठेगाना, फोन नम्बर, रोजगारदाताको ठेगाना तथा सम्पर्क नम्बर, मोबाईल नम्बर, ईमेल र आाफ्नो देशको स्थायी ठेगाना कतारको स्थानिय निकायमा पेश गर्नुपर्ने छ ।

नाबालक आप्रवासी नागरिकका हकमा पनि यो व्यवस्था लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ०१ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा