भाजपा सांसदले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि... | Khabarhub Khabarhub

भाजपा सांसदले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि…


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सत्तारुढ दल भारतीय जनता पार्टीका एकजना सांसदलाई महात्मा गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ ।

प्रज्ञा ठाकुरको सो भनाइबारे ठूलो आलोचना भएपछि उनको दल भाजपाले सो भनाइप्रति खेद व्यक्त गरेको बीबीसीले जनाएको छ ।

ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक उनले मेमा सो अभिव्यक्ति दिएकी थिइन् ।

उनीमाथि सन् २००८ मा छ जना मारिएको र एक सय जना घाइते भएको विस्फोटनमा संलग्न भएको आरोप छ । ठाकुरले ती आरोपहरूलाई अस्वीकार गरेकी छन् र हाल धरौटीमा छुटेर बाहिर रहेकी छन् ।

संसद्‍को तल्लो सदनको छलफलको क्रममा उनले बुधवार गोड्सेलाई देशभक्त भनेकी थिइन् । उनको दल र सरकार दुवैले उनको त्यो विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन् ।

बिहीवार संसद्‍मा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले उनको अभिव्यक्तिको आलोचना गरे । “हामी नाथुराम गोडसेलाई देशभक्त भनेर व्याख्या गर्ने कुनैपनि दर्शनप्रति खेद व्यक्त गर्छौँ ।” सिंहले गान्धीको दर्शन अझै सान्दर्भिक रहेको भन्दै उनलाई मार्गदर्शकको रूपमा व्याख्या गरे ।

बिहीवार ठाकुरको नाम ट्विटरका सबैभन्दा धेरै प्रयोग गरिएको नाम बनेको थियो र अधिकांश ट्वीटमा उनको आलोचना गरिएको थियो । उनलाई उनको दलले निष्काशन गर्नुपर्ने आवाज पनि उठेको थियो ।

तर ठाकुरको अभिव्यक्ति गान्धीलाई नरमपन्थी मान्ने कतिपय दक्षिणपन्थी हिन्दुहरूको विचारसँग मेल खान्छ । सन् १९४८ मा राष्ट्रवादी दक्षिणपन्थी समूहका कार्यकर्ता रहेका गोडसेले नजिकैबाट गान्धीको छातीमा तीन गोली प्रहार गरेका थिए ।

हिन्दु चरमपन्थीहरूले गान्धीलाई मुसलमानहरूप्रति नरम रहेको र त्यसकै कारण ब्रिटेनसँगको स्वतन्त्रतापश्चात् देश टुक्रिएको र हिंसा फैलिएको मान्ने गर्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ०९ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको