नाट्टाले पर्यटकलाई १० प्रतिशत छुट दिने « Khabarhub

नाट्टाले पर्यटकलाई १० प्रतिशत छुट दिने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ ।

यो प्रयोजनका निम्ति भ्रमण वर्ष सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सिएन पाण्डेबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १४ बुँदे समझदारीपत्रमा भ्रमण वर्षमा छुट दिने, अन्तर्राष्ट्रिय ट्राभलरको सम्मेलन नेपालमा गर्ने तथा दोस्रो बुद्धिष्ट ट्राभल मार्ट आयोजनालगायतका कार्यक्रम छन् ।

नाट्टाका अध्यक्ष पाण्डेले भ्रमण वर्षलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त अभियान अवधिभर संस्थाले ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने नयाँ कार्यक्रम घोषणा गरेको जानकारी दिए।

भ्रमण वर्षका संयोजक वैद्यले सातै प्रदेशमा पर्यटक लैजाने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

भ्रमण वर्षको अवसरमा नाट्टाले छिट्टै विदेशी एयरलाइन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र त्यसले शीघ्र सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा उडान व्यवस्थापनका लागि सहयोग पुग्ने अध्यक्ष पाण्डेको भनाइ छ ।

त्यसैगरी सन् २०२० को मार्च महिनामा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजना गर्न र त्यहाँ ५० देशका टुर अपरेटरलाई सहभागी गराउने नाट्टाको योजना छ । गत वर्ष नाट्टाले आयोजना गरेको पहिलो मार्टमा ३० देशका पर्यटन व्यवसायी सहभागी थिए ।

भ्रमण वर्षका दौरानमा संस्थाले अन्य प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने अध्यक्ष पाण्डेले बताए । देशभरका टुर एण्ड ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण संस्थाको रुपमा मानिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ३० बजे

प्रचण्डको दाबी : नेकपा पहिलो दल बन्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्नेप्रतिनिधिसभा निर्वाचनका क्रममा

कामपामा (एसइई) नतिजा सुधारका लागि विशेष कक्षा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभातिर

एजेन्सी – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली