अपडेट : इराकमा भएको सरकार विरोधी प्रदर्शनमा २२ जना मारिए « Khabarhub

अपडेट : इराकमा भएको सरकार विरोधी प्रदर्शनमा २२ जना मारिए


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकको दक्षिणी शहर नसरियामा भएको पछिल्लो सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २२ जना प्रदर्शनकारी मारिएका छन्।

प्रदर्शनकारीहरूले कैयौँ दिनदेखि कब्जा गरेका दुईवटा पुल खाली गराउने क्रमममा गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो।

सुरक्षाकर्मीले त्यहाँ अश्रुग्यास समेत प्रहार गरेका थिए। अन्य ७० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

इराकीहरूले रोजगारी, भ्रष्ट्राचारको अन्त्य र सार्वजनिक सेवा सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

इराकी सेनाले अशान्ति हटाउनका लागि सैन्य “संकटसँग जुध्ने एकाइ” गठन गरेको जनाएको बीबीसीले जनाएको छ ।

नसरिया शहरस्थित एक सूत्रका अनुसार प्रदर्शनकारीहरूले त्यहाँको सुरक्षा फौज इकाइको मुख्यालयमा आगो लगाइदिएका छन्।

गत दुई महिनायता इराकमा फैलिएको प्रदर्शनक कारण सयौँ मानिसको ज्यान गइसकेको छ। प्रदर्शनकारीहरूको आक्रोश बढ्दै जाँदा समग्र राजनीतिक नेतृत्व नै निशानामा परेका छन्।

प्रदर्शनमा सहभागीहरूमध्ये धेरैले इराकी आन्तरिक मामिलामा इरानको हस्तक्षेप भएको भन्दै त्यसप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।

अमेरिकी नेतृत्वको सेनाले इराकमा आक्रमण गरेर सद्दाम हुसेनको शासन अन्त्य गरेदेखि नै त्यहाँ इरानको प्रभाव बढिरहेको ठानिन्छ।

इरानकै कारण इराकभित्र भ्रस्टाचार बढेको र सरकार असफल भएको उनीहरूको आरोप रहने गरेको छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ५९ बजे

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा

एजेन्सी– टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब

काठमाडौं- अखिल क्रान्तिकारीले संगठनका नेता एवम् नेपाल ल क्याम्पसका पूर्वसभापति

पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

जनकपुरले लियो पोखराको पहिलो विकेट, ६१ रनको साझेदोरी भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको