अपडेट : इराकमा भएको सरकार विरोधी प्रदर्शनमा २२ जना मारिए « Khabarhub

अपडेट : इराकमा भएको सरकार विरोधी प्रदर्शनमा २२ जना मारिए


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकको दक्षिणी शहर नसरियामा भएको पछिल्लो सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २२ जना प्रदर्शनकारी मारिएका छन्।

प्रदर्शनकारीहरूले कैयौँ दिनदेखि कब्जा गरेका दुईवटा पुल खाली गराउने क्रमममा गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो।

सुरक्षाकर्मीले त्यहाँ अश्रुग्यास समेत प्रहार गरेका थिए। अन्य ७० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

इराकीहरूले रोजगारी, भ्रष्ट्राचारको अन्त्य र सार्वजनिक सेवा सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

इराकी सेनाले अशान्ति हटाउनका लागि सैन्य “संकटसँग जुध्ने एकाइ” गठन गरेको जनाएको बीबीसीले जनाएको छ ।

नसरिया शहरस्थित एक सूत्रका अनुसार प्रदर्शनकारीहरूले त्यहाँको सुरक्षा फौज इकाइको मुख्यालयमा आगो लगाइदिएका छन्।

गत दुई महिनायता इराकमा फैलिएको प्रदर्शनक कारण सयौँ मानिसको ज्यान गइसकेको छ। प्रदर्शनकारीहरूको आक्रोश बढ्दै जाँदा समग्र राजनीतिक नेतृत्व नै निशानामा परेका छन्।

प्रदर्शनमा सहभागीहरूमध्ये धेरैले इराकी आन्तरिक मामिलामा इरानको हस्तक्षेप भएको भन्दै त्यसप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।

अमेरिकी नेतृत्वको सेनाले इराकमा आक्रमण गरेर सद्दाम हुसेनको शासन अन्त्य गरेदेखि नै त्यहाँ इरानको प्रभाव बढिरहेको ठानिन्छ।

इरानकै कारण इराकभित्र भ्रस्टाचार बढेको र सरकार असफल भएको उनीहरूको आरोप रहने गरेको छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ५९ बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।