जाल्टन इब्राहिमोविच एसी मिलान फर्किए « Khabarhub

जाल्टन इब्राहिमोविच एसी मिलान फर्किए


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाल्टन इब्राहिमोविच आफ्नो पूर्व क्लब एसी मिलानमा पुनः अनुबन्धित भएका छन् । स्वीडेन तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर इब्राहिमोविच ३८ वर्षको उमेरमा एसी मिलान फर्किएका हुन् ।

उनले एसी मिलानसँग ६ महिनाको सम्झौता गरेका छन् । सम्झौतमा अर्को सिजन पनि लम्ब्याउन सकिने विकल्प रहेको छ । अमेरिकी मेजर लिग सकरको सिजन सकिएसँगै जाल्टनले एलए ग्यालेक्सी छोडेका थिए । त्यसपछि उनी स्वतन्त्र थिए ।

जाल्टन जनवरी २ मा मिलानमा आउने र मेडिकल गर्ने एसी मिलानले जनाएको छ । आफूले अति सम्मान गर्ने क्लब र शहरमा पुनः फर्किन लागेको इब्राहिमोविचले बताएका छन् ।

इब्राहिमोविच सन् २०१० देखि २०१२ सम्म सिरी ए क्लब एसी मिलानमा थिए । उनले ६१ लिग खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१८ को मार्चमा एलए ग्यालेक्सी गएका उनले ५३ गोल गरेका थिए । एसी मिलान सन् २०११ यता प्रमुख उपाधि बिहीन रहेको छ । अहिले १७ खेलबाट २१ अंकसहित एसी मिलान सिरी ए को ११ औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : २९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक