जाल्टन इब्राहिमोविच एसी मिलान फर्किए « Khabarhub

जाल्टन इब्राहिमोविच एसी मिलान फर्किए


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाल्टन इब्राहिमोविच आफ्नो पूर्व क्लब एसी मिलानमा पुनः अनुबन्धित भएका छन् । स्वीडेन तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर इब्राहिमोविच ३८ वर्षको उमेरमा एसी मिलान फर्किएका हुन् ।

उनले एसी मिलानसँग ६ महिनाको सम्झौता गरेका छन् । सम्झौतमा अर्को सिजन पनि लम्ब्याउन सकिने विकल्प रहेको छ । अमेरिकी मेजर लिग सकरको सिजन सकिएसँगै जाल्टनले एलए ग्यालेक्सी छोडेका थिए । त्यसपछि उनी स्वतन्त्र थिए ।

जाल्टन जनवरी २ मा मिलानमा आउने र मेडिकल गर्ने एसी मिलानले जनाएको छ । आफूले अति सम्मान गर्ने क्लब र शहरमा पुनः फर्किन लागेको इब्राहिमोविचले बताएका छन् ।

इब्राहिमोविच सन् २०१० देखि २०१२ सम्म सिरी ए क्लब एसी मिलानमा थिए । उनले ६१ लिग खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१८ को मार्चमा एलए ग्यालेक्सी गएका उनले ५३ गोल गरेका थिए । एसी मिलान सन् २०११ यता प्रमुख उपाधि बिहीन रहेको छ । अहिले १७ खेलबाट २१ अंकसहित एसी मिलान सिरी ए को ११ औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : २९ बजे

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौं– अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन