टोखा–छहरे सुरुङमार्गको अध्ययन गर्ने चिनियाँ टोली टोखामा | Khabarhub Khabarhub

टोखा–छहरे सुरुङमार्गको अध्ययन गर्ने चिनियाँ टोली टोखामा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौ आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ ।

गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो ।

त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौंको उत्तरी भेग टोखा पुगेको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट र नीति तथा कार्यक्रममा समेत यस सुरुङमार्ग लाई विशेष प्राथमिकतामा राखेको छ । चालु आवमा सुरुङमार्गको सर्भे रिपोर्ट तयार पार्ने लक्ष्य सरकारले राखेको छ ।

टोखा–छहरे सुरुङमार्ग करिब ४ किमी लम्बाइ हुनेछ। । यसैगरि, चौडाइ डबललेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ ।

यस अघि गरिएको एक अध्ययनका अनुसार यस सुरुङमार्ग निर्माणपछि जम्मा साढे दुई घण्टामा नै काठमाडौदेखि रसुवागढीसम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ । यस सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ ।

सुरुङमार्ग काठमाडौंको टोखाबाट नुवाकोटको थानसिङ फाँट वा बुढीसेरा तर्फ निस्कने छ । यस प्राविधिक टोलिले सम्पूर्ण परिक्षणपछि दिने बिस्तृत अध्ययनपछि मात्र नुवाकोट तर्फको सुरुङ विन्दू तय हुने छ । यो सुरुङमार्गबाट वेत्रावतीसम्म पुग्न करिब ३४ किमि सडक निर्माण गर्ने योजना समेत बनाइएको छ ।

अहिले सरकारले मुलुकको संघीय राजधानी काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने सबैभन्दा छोटो दूरीको रुपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले चिनियाँ प्राविधिक टोली शुक्रबार बिहानै फिल्ड सर्भेकालागि टोखा पुगेको जानकारी दिए । उनले यस प्राविधिक टोलीले आगामी एकमहिना लगाएर सुरुङमार्गको स्थलगत अध्ययन पुरागरि प्रतिवेदन तयार पार्ने जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ४२ बजे

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)

काठमाडौं– पाटनमा सोमबार ‘मतया पर्व’ मनाइएको छ । गाईजात्राको भोलिपल्ट

चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग

काठमाडौं- कुनैबेला चीनको एउटा गाउँको भ्रमण गरेका शिक्षा, विज्ञान तथा

२७ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ

कोशी प्रदेशसभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौको