टोखा–छहरे सुरुङमार्गको अध्ययन गर्ने चिनियाँ टोली टोखामा « Khabarhub

टोखा–छहरे सुरुङमार्गको अध्ययन गर्ने चिनियाँ टोली टोखामा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौ आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ ।

गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो ।

त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौंको उत्तरी भेग टोखा पुगेको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट र नीति तथा कार्यक्रममा समेत यस सुरुङमार्ग लाई विशेष प्राथमिकतामा राखेको छ । चालु आवमा सुरुङमार्गको सर्भे रिपोर्ट तयार पार्ने लक्ष्य सरकारले राखेको छ ।

टोखा–छहरे सुरुङमार्ग करिब ४ किमी लम्बाइ हुनेछ। । यसैगरि, चौडाइ डबललेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ ।

यस अघि गरिएको एक अध्ययनका अनुसार यस सुरुङमार्ग निर्माणपछि जम्मा साढे दुई घण्टामा नै काठमाडौदेखि रसुवागढीसम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ । यस सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ ।

सुरुङमार्ग काठमाडौंको टोखाबाट नुवाकोटको थानसिङ फाँट वा बुढीसेरा तर्फ निस्कने छ । यस प्राविधिक टोलिले सम्पूर्ण परिक्षणपछि दिने बिस्तृत अध्ययनपछि मात्र नुवाकोट तर्फको सुरुङ विन्दू तय हुने छ । यो सुरुङमार्गबाट वेत्रावतीसम्म पुग्न करिब ३४ किमि सडक निर्माण गर्ने योजना समेत बनाइएको छ ।

अहिले सरकारले मुलुकको संघीय राजधानी काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने सबैभन्दा छोटो दूरीको रुपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले चिनियाँ प्राविधिक टोली शुक्रबार बिहानै फिल्ड सर्भेकालागि टोखा पुगेको जानकारी दिए । उनले यस प्राविधिक टोलीले आगामी एकमहिना लगाएर सुरुङमार्गको स्थलगत अध्ययन पुरागरि प्रतिवेदन तयार पार्ने जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ४२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६