‘इजलासमा प्रश्न उठाउने दिन नआओस्’ « Khabarhub

‘इजलासमा प्रश्न उठाउने दिन नआओस्’


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक समाजले कानून निर्माणमा जनताको सहभागिताबारे उठेको प्रश्नलाई तत्काल सम्बोधन गरेर अघि बढ्न सांसदमार्फत सदनको गम्भीर ध्यानाकर्षण गराएको छ ।

जनताको स्वीकार्यता र सहभागिताको अनुभूति नगरेको कानून कार्यान्वयन गर्न गाह्रो मात्र नभई प्रतिरोधको सम्भावना तीव्र हुन सक्नेतर्फ सचेत रहन सुझाव दिइएको छ ।

कानून निर्माणमा सांसद र संसद्सँग जनताको सम्बन्ध प्रखररूपमा विस्तार गर्न सुझाव दिँदै नागरिक समाजले भनेको छ, ‘सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ भनिरहँदा सांसद जनताप्रति कति उत्तरदायी हुनुपर्छ भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्छ नि !’

सहभागिता भनेको कानूनी, राजनीतिक, व्यावहारिक र संवैधानिक शब्द भएकाले भाषणमा मात्र सीमित राखिनु हुन्न भन्दै नागरिक समाजले कुनै विधेयकमा पर्याप्त छलफल भएन भनेर संवैधानिक इजलासमा प्रश्न उठाउने दिन नआओस् भनी सांसद र संसद्लाई सजग तुल्याएको छ ।

जनताको सम्बन्ध र सहभागिता बिना एकै दिनमा १५ वटासम्म विधेयक पारित हुने अवस्थाले कानूनी राज्य कति फितलो रहेछ भन्ने इङ्गित गरेको उदाहरण प्रस्तुत गरिएको छ । थाहा नपाएको ऐन कसरी पालना गर्ने भन्ने स्थिति निर्माण भइरहेको जनाउँदै नागरिक समाजले कानून निर्माणमा सहभागिता भनेको कानूनी र मानवअधिकारको प्रश्न भएको स्पष्ट पारेको छ ।

नेपाल कानून समाज, आम निर्वाचन पर्यवेक्षण समिति, खुला विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र नीति फाउण्डेसनद्वारा ललितपुरमा आयोजना गरिएको ‘विधेयक निर्माण प्रक्रियामा जनताको सहभागिता’ विषयक कार्यक्रममा विधेयक कहिले, कहाँ, किन र कसका लागि तर्जुमा हुँदैछ भन्ने सांसदलाई नै थाहा नहुने अवस्था अन्त्य हुन जरुरी रहेको धारणा व्यक्त गरियो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १० : ३५ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा