संसदमा भाँडभैलो गरेपछि विपक्षी नेता पक्राउ « Khabarhub

संसदमा भाँडभैलो गरेपछि विपक्षी नेता पक्राउ


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

धार्मिक स्वतन्त्रता सम्वन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए ।

नयाँ कानुनमा समावेश गरिएको चर्च सम्वन्धी विषयलाई लिएर मोन्टेनेग्रोका सरकार पक्ष र विपक्षका बीचमा विवाद रहेको छ ।

संसदमा बिहीबार विवाद भएकोमा राती अबेरसम्म पनि त्यो साम्य भएको थिएन । विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदहरुले विवादास्पद कानुन पारित नगर्न दवाव दिएका थिए ।

विधेयकमा विपक्षीहरुले संशोधन प्रस्ताव दर्ता समेत अस्विकृत भएपछि उनीहरुले संसदको बैठक कक्षमै माइक तोडफोड गर्ने, अरु पार्टीका नेताहरुलाई भौतिक आक्रमण गर्नेलगायतका हिंसात्मक गतिविधि गरेका थिए ।

नियन्त्रणमा लिइएका विपक्षी नेताहरु मिलान क्नेजेभिक, अन्द्रीजा मान्डीकलाई शुक्रबार विहान भने छाडिदिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १ : ४३ बजे

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले