देउवालाई पौडेलको प्रश्न : बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्छ ? « Khabarhub

देउवालाई पौडेलको प्रश्न : बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्छ ?


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको जनाए ।

‘पार्टीलाई संकटमा पार्ने निर्णय भएको छ,’पौडेलले भने,‘देशमा आम चुनाव हुँदा पनि विपक्षी दललाई पनि सहभागी गराएर आम सहमति मा चुनाको तिथि तोकिन्छ । आफ्नै पार्टीमा पनि केही मान्छे मात्रै बसेर निर्णय गरियो ।’

डेढ वर्ष अघिदेखि आफूहरुले अब पार्टीको चार वर्षको कार्यकाल सकिँदैछ । लामो प्रकृया छ तालिका बनाएर जाउँ । समयबद्ध काम गरेर जाउँ भन्दै आएको बताउँदै वरिष्ठ नेता पौडेलले भने,‘पार्टीले गरेको निर्णय सम्झाउन चाह्यौं । भ्रातृ संस्थाहरुको विधान अनुसार अधिवेशन नगराएर नेतृत्वको कै हेलचक्रयाइका कारण भातृ संसथाहरुको अधिवेशन रोकिएको थियो । नेविसंघको महाधिवेशनलाई बारम्बार धकेलेर ल्याइयो यस्तो अवस्थामा एउटा सिस्टममा आउँ भन्ने हाम्रो माग थियो ।’

असन्तुष्टिका बारेमा संस्थापन पक्षसँग ९ बुँदे एजेन्डा राखेर छलफल भइरहेको बेलामा एकाएक मिति घोषणा गरियो त्यसले पार्टी वैधानिक अवस्था के हो ? भन्ने अवस्था बनेको नेता पौडेलको भनाइ थियो ।

‘यही ७६ सालको फागुनमा पार्टीको कार्यकाल सकिने अवस्थालाई पनि उता लगेर ७७ सालको पल्लो छेउमा लगियो,’नेता पौडेलले भने,‘बाँकी रहेको १ वर्ष असाधारण परिस्थितिमा अधिकतम थप गर्न मिल्ने भनिएको छ, त्यसलाई पनि सकेर पल्लो छेउमा लगेर मिति घोषणा गरियो ।त्यसले गर्दा त्यो अवस्थामा पनि भएन भने पार्टीको वैधानिक अवस्था केहो भन्ने परिस्थिति बन्न जान्छ ।’

विधानमा नभएको ४७ वटा विभाग घोषणा गर्ने निर्णय आएको र यो महासमितिका १२ सय प्रतिनिधिले गरेको निर्णयलाई शुक्रवारको निर्णयले उल्ट्याएको पौडेलको आरोप छ ।

नेता पौडेलले धेरै मत ल्याएको कारण कम्युनिस्टहरुले मनपरि सत्ता चलाए भनेर विरोध गरिरहँदा सभापति देउवाले पनि त्यस्तै हर्कत गरेको आरोप लगाए ।

‘कम्युनिस्टको हातमा सता हुँदा उहाँहरु मनपरीरुपमा शासन चलाउँदै छन् भनेर हामी भनिरहेका छौं  । धेरै भोट ल्यायौं भन्दैमा संवैधानिक परिषददेखि सबैमा एकलौटी कसरी गर्न पाउनुहुन्छ ? भनिरहेका छौं शेरबहादुर जीकै नेतृत्वमा’ नेता पौडेलले भने,‘ अनि यता चाँही बहुमत छ भन्दैमा एकलौटी निर्णय कसरी भइरहेको छ ?’

पार्टी महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको निर्णयले नेपाली कांग्रेस झन् धरापमा परेको बताए । आफूले पार्टीमा गुट उपगुट अन्त्य गरि पार्टीलाई एक बनाउनु पर्छ भन्दै आएको कोइरालाको भनाइ थियो ।

‘म पहिला देखिनै भन्दै आएको थिएँ पार्टीमा गुट उपगुटको अन्त्य गर्नुपर्छ । सबै मिलेर जानुपर्छ’ उनले भने,‘ यो निर्णय हाम्रा लागि ठिक भएन । एक्कासी उहाँले आएर निर्णय गरिदिनु भयो यसले पार्टीलाई झन् धरापमा पार्‍यो । पार्टी एक भएपछिमात्र हामी कम्युनिस्टसँग भिड्न सक्छौं ।’

पार्टी एक नभए धारासायी हुने कोइरालाको भनाइ थियो ।

त्यस्तै पार्टी भित्र देखिएका समस्याका बारेमा वार्ता गर्न गठन गरिएको पौडेल पक्षीय वार्ता टोलीका नेता प्रकाशमान सिंहले शुक्रवारको निर्णय प्राजातान्त्रिक पार्टी भित्रको अप्रजातान्त्रिक निर्णय भएको बताए ।

‘वार्ता सहमतिको नजिक नजिक आइरहेको थियो । बैठक अघि पनि पार्टी सभापतिसँग पनि कुरा भएको थियो, उहाँबाट आश्वास आएको थियो’ नेता सिंहले भने,‘वार्ता टुंगोमा नपुगिकन केन्द्रीय कार्यसमितिको बैठक राखेर जुन निर्णय भएको छ, प्रजातान्त्रिक पार्टीको परम्परा, विधीलाई वास्ता नगरि गरेको प्राजातान्त्रिक पार्टी भित्रको अप्रजातान्त्रिक निर्णय हो यो । यसको हामी घोर भर्त्सना गछौं ।’

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ५ : २५ बजे

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा