मोदीले जम्मु कश्मीरबाट चुनावी अभियान शुरु गर्दै | Khabarhub Khabarhub

मोदीले जम्मु कश्मीरबाट चुनावी अभियान शुरु गर्दै


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनावी अभियान शुरु गर्ने भएका छन् । उनले जम्मु कश्मीरबाट चुनावी प्रचार अभियान शुरु गर्न लागेका हुन् ।

प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्ने र यसका लागि उनी जम्मु कश्मीर जाने कार्यक्रम रहेको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका महासचिव राम माधवले जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट शुरु गर्नुले उनले त्यस ठाउँलाई दिएको महत्व पुष्टि हुने बताइएको छ । त्यहाँका केही क्षेत्रीय तथा स्थानीय राजनीतिक दलहरुले भने त्यहाँ हुने नगर र गाउँ पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।

सन् २०१४ मा भएको निर्वाचनमा जम्मु कश्मीरमा भाजपाले ६ मध्ये ३ सिट जितेको थियो । आगामी अप्रिल ११ बाट भारतमा शुरु हुने निर्वाचनका लागि राजनीतिक दलहरु चुनावलाई ध्यानमा राखेर ¥याली तथा प्रचार प्रसारका अभियानलाई तीब्र पार्दै लगेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ४४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा