हरिनगरमा आगलागी, २० लाख बढीको क्षति « Khabarhub

हरिनगरमा आगलागी, २० लाख बढीको क्षति


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताए । हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताए । घरमा आगलागी भएपछि जैन परिवार चिन्तित भएका छन् ।

कमाइ गरेर खाने एक मात्र साधनको रुपमा रहेको पसल पनि आगलागीमा परेर खरानी भएपछि पीडित परिवार चिन्तित छन् । स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बरुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ९ : ३७ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर