फ्रान्सका डिफेन्डर लुकाज अब वार्यनमा, ८० मिलियन यूरोमा खरिद « Khabarhub

फ्रान्सका डिफेन्डर लुकाज अब वार्यनमा, ८० मिलियन यूरोमा खरिद


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन फुटबल क्लब वार्यन मुनिखले विश्व विजेता फ्रान्सका डिफेन्डर लुकाज हेर्नान्डेजलाई क्लबमा भित्र्याएको छ । वार्यनले हेर्नान्डेजलाई क्लबको कीर्तिमानी मूल्य ८० मिलियन युरोमा इट्लेटिको मड्रिडबाट भित्र्याएको जानकारी दिएको छ ।

२३ वर्षे युवा खेलाडी हेर्नान्डेजले मुनिखसँग ५ वर्षको सम्झौता गरेको बीबीसीले उल्लेख गरेको छ । फ्रान्सका डिफेन्डर बुन्डेसलिगाको शीर्ष क्लबमा जुन १ बाट खेल्नेछन् ।

वार्यनका डाक्टरहरुले हेर्नान्डेजको खुडाको लिगामेन्टमा समस्या आएकाले बुधबार सर्जरी गरिएको बताएका छन् ।

उनले वार्यनमा आवद्ध हुनु आफ्नो फुटबल करियरको महत्वपूर्ण क्षण भएको बताएका छन् । ‘मेरो फुटबल करियरका लागि यो महत्वपूर्ण दिन हो । वार्यन मुनिख युरोप र विश्वका उत्कृष्ट क्लबमध्येको एक हो,’ हेर्नान्डेजले बताएका छन् ।

एट्लेटिको मड्रिडमा रहँदा ६७ खेल खेलेका उनले युरोपा लिग र सुपर लिग जिताउन योगदान गरेका थिए । त्यस्तै, उनले रसिया विश्वकपसहित फ्रान्सका लागि १५ अन्तर्राष्ट्रिय उपाधी उचालेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : ४३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन