बीजेपीका नेताको घर नक्सलवादीले उडाइदिए | Khabarhub Khabarhub

बीजेपीका नेताको घर नक्सलवादीले उडाइदिए


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– विहारको गयामा पूर्व एमएलसी तथा बीजेपीका नेता अनुज कुमार सिंहको घरमा नक्सलवादीले आक्रमण गरेको छन् । नक्सलवादीले घरमा डाइनामाइट लगाएर विस्फोट गराउँदा घर क्षतिग्रत भएको छ ।

विस्फोटमा कुनै मानवीय क्षती नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटमा संलग्न नक्सलवादी खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

विस्फोटमा परेको डुमरियाका पूर्व एमएलसी अनुज कुमार सिंहको घर हो । यो घरमा उनका काका र उनका परिवारका सदस्य बस्ने गरेका थिए ।

नक्सलवादीले बुधबार राति करिब ११ बजे घरमा विस्फोट गराएका थिए । यसका साथै अनुजका भाई जयलाई उनीहरुले पिटेका थिए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्व एमएलसी अनुज कुमारलाई नक्सलवादीले धम्की दिइरहेका थिए । नक्सलवादीले लोकसभा चुनाव बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : १५ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग